Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

दुई कम्युनिष्टको एकता : सबैलाई फाइदा

दुई कम्युनिष्टको एकता : सबैलाई फाइदा

नेपालका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भई ‘नेपाल कम्युनिष्ट पार्टी’ गठन भएको छ । हिजो साझ काठमाडौको राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गर्दे पार्टी एकताको घोषणा गरिएको हो । पत्रकार सम्मेलनमा ६ बुँदे एकता घोषणापत्र जारी गर्दै नेताहरुले आफूहरुको लक्ष्य जनतालाई सुखी र समृद्ध बनाउने भएको बताएका छन् ।

एकतापछि पार्टीको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड रहनुभएको छ भने सचिवालय ९ सदस्यीय बनाईएको छ । एकीकृत पार्टीको स्थायी कमिटी ४५ सदस्यीय बनाईएको छ भने ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनाईएको छ । पत्रकार सम्मेलनमा नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अब आफ्नो पार्टीले तीन चौथाइ मत ल्याउने दाबी गर्नुभयो ।

उहाल एकताको बिरोधमा कोही नभएको उल्लेख गर्दै आफ्नो दल जनताका लागि भएको धारणा राख्नुभयो । त्यस्तै नवगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष मध्येका अर्का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट पार्टीहरुको फुटको इतिहासमा क्रमभंग भएको भन्दै अब कम्युनिष्ट पार्टी नफुट्ने बताउनुभयो । प्रचण्डले जनतामाझ गरेको पार्टी एकताको प्रतिवद्धता पूरा गरेको भन्दै अब एकता पछाडिको मिसन पूरा गर्न बाँकी रहेको बताउनुभयो ।

एकताका क्रममा नेकपा एमालेले जनताको बहुदलीय जनवाद तथा नेकपा माओवादी केन्द्रले २१ औं शताब्दीको जनवादको बहस चलाएको थियो । एकतापछि दुवै बिचारलाई आगामी महाधिवेशनमा लैजाने सहमति भएको छ । यसैबिच नेपाल कम्युनिष्ट पार्टी घोषणाको खुसीयालीमा देशैभर दिपप्रज्वलन गरिएको छ । बिभिन्न शहरका चोक चोकमा तत्कालीन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्रका नेता तथा कार्यकर्ताको उपस्थितीमा दिप प्रज्जवलन गरि खुसीयाली मनाईएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *