Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

ऋषि धमलामाथि मनिषा कोइरालाको हमला : म संग बिहेको कुरै नगर्नुस्

ऋषि धमलामाथि मनिषा कोइरालाको हमला : म संग बिहेको कुरै नगर्नुस्

काठमाडौं । बलिवुड उद्योगमा स्थापित भएका थोरै नेपाली मध्ये मनिषा कोइराला अग्रपंक्तिमा आउँछिन्। पछिल्लो समयमा व्यक्तिगत जीवनमा आएको उतारचढाव र स्वास्थ्य समस्याले भने उनको जीवनमा हलचल आयो।ती सबै कुराहरुलाई पछाडी छोडेर मनिषा अहिले आफ्नो जीवनमा अगाडी बढिरहेकी छिन् । पत्रकार ऋषि धमलासंगको पछिल्लो एक-अन्तर्वार्तामा उनले आफूले बितेको कुरालाई पछाडी छोडेर अगाडी बढिसकेको हुनाले विगतका कुरा नकोट्याउन बारम्बार अनुरोध गर्छिन्।

क्यान्सरको लागि भने उनले सचेतना जगाइरहेकी छिन्। उनले क्यान्सर भैसकेपछिको उपचारविधि भन्दा पनि क्यान्सर हुन नदिने भन्ने कुरामा केन्द्रित रहेर चेतना बाँडिरहेको बताएकी छिन्।मनिषाका अनुसार, नेपाली फिल्मले आफ्नै थुप्रै कथा बनाउन सक्छन् र बनाइरहेका पनि छन्। नेपाली कलाकार क्षमतावान छन् र चलचित्र क्षेत्रले प्रविधिको फड्को मारेको छ भन्ने कुराको उदाहरण पछिल्ला नेपाली चलचित्र हुन्।उनले आफूलाई सुहाउने चरित्रमा प्रस्ताव आएमा नेपाली चलचित्र खेल्ने समेत बताएकी छिन्। मनिषाले उक्त अन्तर्वार्तामा आफू कुनै राजनीतिक पार्टीसंग संलग्न नरहेको समेत प्रष्ट पारेकी छिन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *