Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

आज २५औँ मदन–आश्रित स्मृति दिवस

आज २५औँ  मदन–आश्रित स्मृति दिवस

आज २५औँ मदन–आश्रित स्मृति दिवस, नेकपा (एमाले)ले तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको स्मृतिमा आज विभिन्न कार्यक्रम गर्दैछ। नेकपा एमालेका तत्कालिन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको २०५० जेठ ३ गते पोखराबाट चितवन जानेक्रममा नारायणगढ–मुग्लिन सडक खण्डस्थित दासढुङ्गामा भएको सडक दुर्घटनामा परि निधन भएको थियो।

रहस्यमय मानिने दुर्घटनाबारे अहिलेसम्म भएका छानविनबाट कुनै तथ्य बाहिर आउन सकेको छैन। दुर्घटनाका एकमात्रै साक्षी एवम् जीप चालक अमर लामाको समेत हत्या भएपछि दुर्घटना झनै रहस्यमय बनेको छ। स्मृति दिवसको अवसरमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले केहिबेरमा बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यलयमा रहेको मदन–आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ। सो क्रममा दुवै नेताले पार्टी एकताको सन्देश दिने बताइएको छ।
नेपाल लाइभ


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *