Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने उत्तर कोरियाको धम्की

अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने उत्तर कोरियाको  धम्की

उत्तर कोरियाले अमेरिकासँग हुन लागेको वार्ता रद्द गर्ने धम्की दिएको छ । उत्तर कोरियाको आणविक कार्यक्रम रद्द गर्नुपर्ने जिद्दी अमेरिकाले गरिरहेकाले अमेरिकासँगको वार्ताबारे सोच्नुपर्ने उत्तर कोरियाले जनाएको हो । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता आउँदो जुन १२ मा सिंगाापुरमा हुने तय भएको थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मिति र स्थानका बारेमा ट्वीट गर्दै जानकारी दिएका थिए । तर उत्तर कोरियाको पछिल्लो प्रतिक्रियाले बैठक अनिश्चित भएको छ । बैठक उत्तर कोरियाको आणविक कार्याक्रम रद्द गर्ने विषयमा हुने बताइएको थियो । उत्तर कोरियाले हिजो दक्षिण कोरियाका अधिकारीसँग हुने वार्ता पनि पछि सारेको जनाएको छ ।

दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यास हुने भनिएपछि उत्तर कोरियाको पछिल्लो प्रतिक्रिया आएको हो । उत्तर कोरियाका सहायक विदेश मन्त्री किम के ग्वाङले अमेरिकाले एकतर्फी रुपमा उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न भनेकाले र आफूहरु त्यस्तो एकपक्षीय कुरा मान्न तयार नभएको बताएका छन् । उनले अमेरिकाले लापरवाही रुपमा विज्ञप्तिहरु सार्वजनिक गर्न थालेकाले आउँदो बैठकबारे सोच्ने बेला आएको बताएका हुन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *