Search
Saturday 26 May 2018
  • :
  • :
Latest Update

गर्भस्थ शिशुका लागि अत्यन्त हानिकारक हुन्छ वायु प्रदूषण

गर्भस्थ शिशुका लागि अत्यन्त हानिकारक हुन्छ वायु प्रदूषण

वायु प्रदूषणका बारेमा आश्चर्यजनक अध्ययन सार्वजनिक भएको छ । अध्ययनअनुसार, ती बच्चाहरूलाई बाल्य अवस्थामा उच्च रक्तचापको खतरा अत्यधिक हुन्छ जसका आमाहरूले गर्भावस्थाको छैठौंदेखि नवौं महिनाका बीच उच्च स्तरको वायु प्रदूषण भोग्नुपरेको हुन्छ ।

पीएम २.५ वायु प्रदूषणको एक प्रकार हो जुन गाडी, तेल, कोइला वा जैविक इन्धन बलेपछि उत्पन्न हुन्छ । यसले मानव स्वास्थ्यमा खराब असर पार्छ ।
अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका सहायक प्रोफेसर नोल टी म्युलरले भने, ‘यो पहिलो अध्ययन हो जसले गर्भावस्थाका बेलामा प्रदूषित हावामा सास लिँदा गर्भमा हुर्किरहेको बच्चाको मुटुमा असर पार्ने देखाएको छ ।’

हाइपरटेन्सन नामक जर्नलमा प्रकाशित यस अध्ययनका वरिष्ठ लेखक म्युलरले भने, ‘बाल्यावस्थामै उच्च रक्तचाप भयो भने वयस्क हुँदा पनि समस्या कायम रहन्छ र यही नै पछि गएर मुटुरोग जस्ता अन्य गम्भीर रोगको कारण बन्छ ।’ अनुसन्धानकर्ताहरूले यस अध्ययनका लागि एक हजार २९३ आमाहरूको अध्ययन गरेका थिए ।

एजेन्सी


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *