Search
Saturday 26 May 2018
  • :
  • :
Latest Update

२ करोड ६० लाख ६३ हजार नक्कली रुपैयाँ सहित ६ जना पक्राउ

२ करोड ६० लाख ६३ हजार नक्कली रुपैयाँ सहित ६ जना पक्राउ

प्रहरीले २ करोड ६० लाख ६३ हजार नक्कली रुपैयाँ सहित ६ जनालाई पक्राउ गरेको छ । महानगरिय प्रहरी परिसरले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे बरामद नक्कली रुपैया सहित पक्राउ परेका ६ जनालाई सार्वजनिक गरेको हो । प्रहरीले चलचित्र निर्माता माधव वाग्लेको कोठाबाटमात्रै २ करोड ५२ लाख रुपैयाँ बरामद गरेको जनाएको छ ।

नक्कली नोट सहित पक्राउ पर्नेमा पक्राउ पर्नेमा निर्माता वाग्लेसँगै महेन्द्र बोगटी, सुजित तामाङ, साजन तामाङ , दिकेश नापित र प्रकाश सुवेदी रहेका छन् । उनीहरुले नक्कली नोट होटल र रेस्टुराँको बिल तिर्दा, यौन बजारमा तथा लागू औषध दुर्व्यसनका क्षेत्रमा प्रयोग गर्दै आएको परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै उनीहरुले सक्कली नोटमा नक्कली नोट मिसाएर कारोवार गरेको देखिएको पोखरेलले बताउनुभयो । प्रहरीले नक्कली नोटहरु काठमाडौं उपत्यकाको गोंगबु, धापाखेल र बागबजारबाट बरामद गरेको र नक्कली नोट छाप्ने कारखाना बागबजारमै भेटिएको जानकारी दिएको छ । अभियुक्तहरुलाई जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान सुरु गरिएको एसएसपी पोखरेलले बताउनुभयो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *