Search
Saturday 26 May 2018
  • :
  • :
Latest Update

ताप्लेजुङमा भेनियर उद्योग स्थापना, मासिक ३० लाख रुपैयाँबराबरको कारोबार

ताप्लेजुङमा भेनियर उद्योग स्थापना,  मासिक ३० लाख रुपैयाँबराबरको कारोबार

ताप्लेजुङमा भेनियर उद्योग स्थापना भएको छ । जिल्लामै पहिलो पटक फुङलिङ नगरपालिका–७ मा कन्काई भेनियर उद्योग स्थापना भएको हो । १ करोड बढीको लगानीमा हालै उद्योग स्थापना गरी प्लाइउडको कच्चा पदार्थ उत्पादन गर्न थालिएको उद्योग सञ्चालक मानबहादुर भट्टराईले जानकारी दिए । स्थानीय स्रोतसाधनको प्रयोग गर्दै उद्यमशीलताको विकासका लागि उद्योग सञ्चालनमा ल्याइएको उनको भनाइ छ । यस उद्योगबाट उत्पादित कच्चा पदार्थ अहिले झापालगायतका ठाउँमा निर्यात भइरहेको छ । जिल्लामा उत्तिस प्रशस्त रूपमा पाइने भएकाले उद्योग सञ्चालनका लागि सहज भएको छ । उद्योगमा मासिक ३० लाख रुपैयाँबराबरको कारोबार हुन थालेको छ ।

उद्योग स्थापनासँगै जिल्लाका निजी वनजङ्गलका उत्तिसले राम्रो मूल्य पाउन थालेका छन् । पहिले वनजङ्गलमै खेर जाने उत्तिस अहिले महँगोमा बेची आम्दानी गर्न पाएकोमा स्थानीय खुसी छन् । वनजङ्गलमा उत्तिसका बिरुवा रोप्न थालिएको छ भने भएका बिरुवाको संरक्षणसमेत गर्न थालिएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *