Search
Tuesday 16 October 2018
  • :
  • :
Latest Update

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी ९९ वर्षमा प्रवेश

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी ९९ वर्षमा प्रवेश

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी ९९ वर्षमा प्रवेश गर्नु भएको छ । ९९ वर्षको उमेरमा पनि उहाँ उतिकै सक्रिय हुनुहुन्छ । लौरो नटेकी हिँड्नुहन्छ । सार्वजनिक कार्यक्रममा सहभागी भैरहनुहुन्छ । चस्मा नलगाईकन पत्रिका पढ्न सक्नुहुन्छ । कान पनि राम्रो सुन्नुहुन्छ । झट्ट हेर्दा उहाँलाई ९९ वर्ष पुगेको मान्छे जस्तै लाग्दैन । स्वस्थ र फुर्तिलो हुनुहुन्छ ।

ललितपुरको बखुम्बहालमा उहाँको जन्म भएको हो । उहाँलाई लोक संस्कृति र इतिहासको पुस्तकालय भनेर समेत चिनिन्छ । उहाँले तीन पटक मदन पुरस्कार पाउनुभएको छ ।हाम्रो लोकसंस्कृतिका लागि पहिलोपटक २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा, र कर्णाली लोकसंस्कृति नामक ग्रन्थको लागि उहाँले संयुक्त रूपमा तेस्रोपटक २०२८ सालमा मदन पुरस्कार पाउनुभएको हो ।

नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासमा लागि परेका हुनाले उहाँको योगदानको कदर स्वरूप उहाँले सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौं विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्राप्त गर्नुभएको छ । नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको छ । जोशीका प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथासङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *