Search
Thursday 24 May 2018
  • :
  • :
Latest Update

आज भोटो जात्रा : काठमाण्डौं उपत्यकामा सार्वजनिक बिदा

आज भोटो जात्रा : काठमाण्डौं उपत्यकामा सार्वजनिक बिदा

वर्षा र अन्नका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो आज ललितपुरको जावलाखेलमा देखाइदै छ ।राष्ट्रप्रमुख तथा उच्च पदस्थका व्यक्तिहरूको उपस्थितिमा देखाइने जात्राका लागि मत्स्येन्द्रनाथको रथलाई लगनखेलस्थित थटिटोलबाट तानेर जावलाखेल पु¥याएको थियो । सोमबार मत्स्येन्द्रनाथको रथलाई जावलाखेलस्थित क्षेत्रपाल भैरव कामनामाई पीठको खाल्डोमा पु¥याएपछि ‘यास्न्यात’ भनी गुरुजु पल्टनद्वारा तोप पडकाई हर्ष–बढाइँ गरिएको थियो ।

रथ जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मत्स्येन्द्रनाथको लोककथन रहेको बहुमूल्य मणिमाणिक, हीरामोती, रत्न आदि जडित भोटो देखाइनेछ । जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पु¥याइन्छ । भूकम्पले ध्वस्त बनेको मस्त्येन्द्रनाथको मन्दिर पुनर्निर्माण भइनसकेकाले मत्स्येन्द्रनाथको मूर्तिलाई मन्दिरपछाडि बनाइएको टहरामा राखिनेछ ।

मीननाथलाई रथमा नै राखेर तानेर चक्रबहिमा र्पुयाएपछि यस वर्षको मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ । बौद्धहरूले करुणमयका रूपमा मानिने र सिद्धेश्वरका रूपमा पनि पुजिने मच्छिन्द्रनाथको जात्रा गोपाल वंशावलीमा भक्तपुरका नरेन्द्रदेव राजा र काठमाडौंका बन्धुदत्तले चलाएको भन्ने उल्लेख छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *