Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

रात्री बस पल्टिँदा ५ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी

रात्री बस पल्टिँदा ५ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी

जिल्लाको पाकुरी खोलमा रात्री बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट प्युठानको खलंगा आउँदै गरेको ना ४ ख १८७६ नम्बरको बस सरुमारानी गाउँपालिकाको पाकुरी खोलामा दुर्घटनामा परेको हो ।

महाकाली यातयातको बस दुर्घटनामा परेको बारेमा अाज बिहान ३ बजे जानकारी आएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा पुष्टी गरे पनि विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य एक जनाको उपचारका क्रममा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको बताइएको छ । दुर्घटनामा चालको मृत्यु भएको छ ।मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेको घटनास्थलबाट पत्रकार सिटी पोखरेलले लोकान्तरलाई बताए । उनीहरुको खनाखत हुन बाँकी छ।

गाडी ओरालेमा दुर्घटनमा परेको हो । बस सडकबाट करिब दुई सय मिटर तल खसेको छ । दुर्घटनामा परी २० बढी यात्रु घाइते भएका छन् । दुर्घटनामा परेका केहिको अवस्था गम्भीर रहेको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *