Search
Monday 20 August 2018
  • :
  • :
Latest Update

सभागृहमा मोदीको सम्बोधन : नेपालको विकासको चढावमा ‘शेर्पा’ बन्नेदेखि आइपीएलमा सन्दीपसम्मको चर्चा

सभागृहमा मोदीको सम्बोधन : नेपालको विकासको चढावमा ‘शेर्पा’ बन्नेदेखि आइपीएलमा सन्दीपसम्मको चर्चा

छिमेकी र मित्र राष्ट्र नेपालका महामहिम विदेश मन्त्री श्रीमान् प्रदिप ज्ञवाली तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरनाथ पौडेलज्यू |काठमाडौँका महामहिम विद्यासुन्दर शाक्य ज्यू साथै उपस्थित सबैलाई मेरो विनम्र नमस्कार |काठमाडौंको यस राीष्ट्रय सभागृहमा उपस्थित तपाईंहरु सबैलाई हार्दिक अभिन्दन पनि गर्दछु । कृपया स्विकार गर्नु होला ।शाक्यजी तपाईं र काठमाडौँ महानगरपालिकाले मेरो लागि यो स्वागत कार्यक्रमको आयोजना गर्नुभएको छ । यसका लागि म हृदय देखिनै तपाईहरु सबैको आभारी छु । यो मात्र मेरो होइन पुरै भारतको सम्मान हो । म मात्र होइन सबा सौ भारतीय पनि कृतज्ञ छन् । काठमाडौंबाट र नेपालबाट हरेक भारतीयको एउटा आफ्नोपनको नाता छ र यो सौभाग्य मलाई पनि प्राप्त भएको छ ।

म जति बेला पनि नेपाल आउँछु र त्यति बेला मलाई शान्ति र आत्मियताको अनुभूति हुन्छ । र, यसको सबैभन्दा ठूलो कारण तपाईहरुको माया हो । तपाईहरुको स्वागत सत्कार र सम्मान हो ।हिजो म जनकपुर थिएँ । आजको दिनमा जनकपुरले निकै ठूलो सन्देश दिन्छ कि राजा जनकले शस्त्रलाई तोडाइदिए र स्नेहसँग जोडाइदिए । यो यस्तो धरती हो जसले शस्त्रलाई तोडेर स्नेहसँग जोड्छ ।

साथीहरु जति बेला पनि म काठमाडौको बरोमा सोच्छु जुन छवि मेरो मस्तिस्कमा आउँछ त्यो छवि मात्र एउटा शहर र भौगोलिक उपत्यकाको मात्र होइन, हाम्रो अभिन्न छिमेकको राजधानी मात्र होइन, भगवान बुद्धको जन्मस्थलको राजधानी मात्र होइन, सगरमाथाको देश–लालिगुराँसको देशको मात्र राजधानी होइन, काठमाडौं आफैमा एउटा पुरै दुनिया र यस दुनियाको इतिहास त्यति नै पुरानो त्यति नै भव्य र त्यति नै विशाल छ । जति पुरानो इतिहास हिमालको छ ।

मलाई काठमाडौंले नेपालले सधैँ आकर्षित गर्यो । किनभने यो शहर जति गहन छ त्यति नै गतिमान पनि छ । हिमालयको काखमा बसेको अनमोल रत्न हो । काठमाडौं मात्र काष्ठ अर्थात् काठको मण्डवमात्र होइन यो हाम्रो साझा संस्कृति र विरासतको दिव्य भव्य महल हो । यस शहरको विविधतामा नेपालको महान विरासत र त्यसको ठुलो मनको झलक भेटिन्छ । नाकागर्जुनको जंगल होस अथवा शिवपुरीको पहाड । सयौँ छहरा र जलधाराको शितलता होस अथवा वागमतीको उद्गम हजारौँ मन्दिर मन्जुश्रीको गुम्बा र बौद्ध विहारको यो शहर दुनियाँमा आफैमा अनौठो छ ।

घरहरुको छतबाट एकातर्फ धौलागिरी र अन्नपूर्ण र अर्कोतिर सगरमाथा जसलाई दुनियाले एभरेस्टको नामले जान्दछ र कञ्चनजंगा देखिन्छ । यस्तो कहाँ सम्भव छ ? यदि सम्भव छ भने मात्र र मात्र काठमाडौंमा बसन्तुपुरको डबली र पाटनको प्रतिष्ठा, भक्तपुरको भव्यता किर्तिपुरको कला ललितपुरको लालित्य । काठमाडौँले आफैमा इन्ध्रधनुषले आफ्नो रंग आफैमा समेटे जस्तो छ । यहाँको हावामा निकै धेरै परम्परामा यसरी मिसिएको छ, जस्तो कि चन्दनमा रोली ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *