Search
Tuesday 16 October 2018
  • :
  • :
Latest Update

सर्लाहीमा बलात्कृत किशोरीको मेडिकल जाँचमा आयो विश्वासै नलाग्ने रिपोर्ट, प्रहरी नै जिल्ल

सर्लाहीमा बलात्कृत किशोरीको मेडिकल जाँचमा आयो विश्वासै नलाग्ने रिपोर्ट, प्रहरी नै जिल्ल

सर्लाही। यहाँको चन्द्रनिगाहपुरमा बैशाख २० गते एक किशोरी बलात्कारको सिकार भइन् । घटनाको चार दिनमा उनको स्वास्थ्य परीक्षण गराउँदा गर्भ रहेको चिकित्सकले प्रहरीलाई रिपोर्ट दिए । रिपोर्ट हेरेर प्रहरी समेत आश्चर्यमा पर्यो ।बलात्कार वा यौन संसर्गको यति कम समयमा गर्भ रहेको रिपोर्टमा नदेखिने भए पनि ती किशोरीको रिपोर्टमा भने गर्भवती भएको देखिएपछि प्रहरीलाई ती किशोरी यसअघि पनि बलात्कारमा परेको वा उनले सहमतिमै शारीरिक सम्बन्ध राखेको आशंक लाग्यो । तर, प्रहरीको सोधपुछमा ती किशोरीले यस्तो केही नभएको बताएकी छिन् ।

सर्लाही हरिवन–११ का मुकेश दास र रिजवान अन्सारीले बलात्कार गरेको भन्दै किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा किटानी जाहेरी दिएका थिए । त्यसअघि नै प्रहरीले दुबैजनालाई पक्राउ गरिसकेको थियो । बलात्कारको जाहेरीपछि ईलाका प्रहरीले किशोरीको स्वास्थ्य परीक्षण गराइएको थियो । त्यस क्रममा गर्भवती भएको रिपोर्ट आएको डिएसपी शान्तिराज कोइरालाले बताए । ‘हामीले किशोरीलाई यसअघि कसैसित यौन सम्पर्क भएको थियो कि थिएन भनेर सोध्यौ,’ उनले भने, ‘कसैसित थिएन । थाहा भएन । भन्ने जवाफ दिएपछि आश्चर्यमा परेका छौं ।’

चिकित्सकले गर्भवती भएको बताएपछि प्रहरीले किशोरीलाई पटक पटक सोधपुछ गरेको थियो । सिन्धुलीबाट हरिवन बजारस्थित दिदीको घरमा आएकी किशोरी साँझ घर फर्कने क्रममा बसपार्कमा दुई युवकले भेटेर घर र्पुयाइदिने भन्दै रौतहट ल्याएर बलात्कर गरेको प्रहरीसमक्ष बयान दिएकी छिन् । किशोरीलाई उद्धृत गर्दै प्रहरीले भन्यो, ‘मोबाइल किनिदिने भन्दै झुक्याएर ल्याएका रहेछन् ।’शकिद पार्कमा गलत हर्कत हुन थालेपछि प्रहरीलाई खबर गरको हो । पक्राउ परेका युवकले बा२५प १३७८ नम्बरको मोटरसाइकलमा ल्याएर पार्कभित्र लगेका थिए । चन्द्रपुरमा दासले आफूलाई एक पटक जबरजस्ती यौन सम्पर्क गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन् । पक्राउ परेकाहरुले बलात्कार नगरेको दाबी गर्दै आएको प्रहरीले जनाएको छ । घटना अनुसन्धान भइरहेको प्रहरीले जनायो । पक्राउ परेका दुबैलाई करणीमा मुद्दा चलाइएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *