Search
Thursday 16 August 2018
  • :
  • :
Latest Update

सार्वजनिक बसका ड्राइभरले आन्दोलन गर्दा यात्रुको खुसीको सीमा रहेन

सार्वजनिक बसका ड्राइभरले आन्दोलन गर्दा यात्रुको खुसीको सीमा रहेन

एजेन्सी। नेपालमा एक साताअघि सार्वजनिक सवारी संचालकहरुले आन्दोलन गरे । उनहिरुको आन्दोलनका कारण हजारौं यात्रुले कष्ट सहनुप्यो । यात्रु सवारी नपाउँदा निकै दुःखी थिए । उनीहरुले सार्वजनिक सवारी संचालकहरुसँग रिस पनि पोखे । तर, जापानमा भने ठिक उल्टो भएको छ । यहाँ सार्वजनिक बसका ड्राइभरहरुले आन्दोलन गर्दा यहाँका यात्रु अत्यन्तै खुसी भएका छन् ।जापानको ओकायामामा एक बस कम्पनीका ड्राइभरहरुले बस कम्पनीसँग केही माग राखेका थिए । कम्पनीले उनीहरुको माग पूरा नगरेपछि उनीहरुले हडताल सुरु गरे । तर उनीहरुले यतिसम्म नौलो तरिकाले हड्ताल गरे कि यसले आम यात्रुलाई निकै फाइदा भयो ।

आफ्नो माग पूरा गराउन यी ड्राइभरले कुनै धर्ना तथा प्रदर्शन गरेनन् । न नारा लगाए । न गाडी बन्द गरेर चक्काजाम गरे । उनीहरुले दिन रात सडकमा पूरै इमान्दारीका साथ बस दौडाइरहे । उनहिरुले सबै यात्रुलाई गन्तव्यसम्म पुर्याइरहे तर यात्रुसँग भाडा भने लिएनन् ।जापानमा नयाँ कम्पनीका कारण पुराना कम्पनीका ड्राइभरको जागिरमा संकट आउने देखिएपछि उनीहरुले सुरक्षा र सुविधाको माग गरेका थिए । तर कम्पनीले उनीहरुको माग सुनेन । कम्पनीले आफ्नो माग नसुनेपछि यी ड्राइभर अनौठो हडतानमा छन् । ड्राइभरहरुको यो आन्दोलनले चौतर्फी समर्थन पाएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *