Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

मेस्सीको नाम’ रोनाल्डोको परिवारमा प्रतिबन्ध, रोनाल्डो मेस्सीको नामनै लिन चाहान्नन्

मेस्सीको नाम’ रोनाल्डोको परिवारमा प्रतिबन्ध, रोनाल्डो मेस्सीको नामनै लिन चाहान्नन्

एजेन्सी । फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको परिवारमा अर्का स्टार लियोनल मेस्सीको नाम प्रतिबन्ध रहेको खुलासा भएको छ |पोर्चुगिज रोनाल्डो र अर्जेन्टिनी मेस्सी विश्व स्तरमा प्रतिद्वन्द्विका रुपमा चिनिन थालिएपछि मेस्सीको नाम रोनाल्डोको परिवारमा प्रतिबन्ध भएको रोनाल्डोका बहिनी काटिया रोनाल्डोले खुलासा गरेकी हुन् ।रोनाल्डोले आफ्ना चिर प्रतिद्वन्द्विको रुपमा परिचित मेस्सीको नाम आफ्नो घरमा कहिल्यै लिन नचाहेको काटियाले एल इक्विपीसँगको अन्तरवार्तामा बताइन् । उनले भनिन् “हामी घरभित्र कहिल्यै मेस्सीको खेलको चर्चा गर्दैनौ ।“

उनको नाम पनि लिदैनौ ।” उनले बाहिर हुने अनेकौं टिका टिप्पणीले रोनाल्डो आजित छन् । उनी घरभित्र शान्तसँग बस्न रुचाउँछन् । यस सिजन रोनाल्डोको टोली रियल मड्रिड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ |काटियाले आफ्नो दाईको उत्कृष्ट प्रदर्शनमा मड्रिडले लगातार ३ पटक उपाधि जित्नेमा ढुक्क भएको प्रतिक्रिया दिइन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *