Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

संसारका १० सेक्सी राजनीतिज्ञ यी हुन, जसको सुन्दरता विश्वमा चर्चित छ

संसारका १० सेक्सी राजनीतिज्ञ यी हुन, जसको सुन्दरता विश्वमा चर्चित छ

एजेन्सी।विश्वमा कलाकारिता त्यस्तो पेशा हो जुन पेशाबाट मान्छे रातारात हिट हुन सक्छ अनि कोही रातारात गुमनाम समेत हुन सक्छन् । मोडलिङमा लागेका कतिपयले जीन्दगीको उत्तराद्र्धमा चाउरीएको मुहार लिएर ग्ल्यामरस दुनियाँबाट टाढा हुनुपर्ने बाध्यता आईपर्छ ।

त्यसैले पनि होला चर्चित मोडलहरु समेत कलासँगै फरक पेशा वा क्षेत्रलाई अंगालेर त्यसैमा निरन्तरता दिन्छन् । पछिल्लो समय विश्वमा चर्चित सुपर हट मोडलहरुले वैकल्पिक मार्गका रुपमा राजनीतिलाई समेत चुनेका छन् अनि केही राजनीतिज्ञ यस्ता पनि छन् जो हट मोडल भन्दा कम छैनन् । हामीले यस सामाग्रीमा संसारका १० त्यस्तै चर्चित सुन्दरी राजनितिज्ञका बारेमा चर्चा गर्दैछौँ ।

रुबी धल्ला (क्यानडा)

क्यानेडियन राननीतिको मुख्य शक्तिको रुपमा रहेको लिबर्टी पार्टीकी सदस्य हुन् रुबी धल्ला । उनी भारतिय मुलकी ३४ वर्षीया क्यानेडियन राजनीतिज्ञ हुन् । उनले परिवर्तनको लागि निकै लामो समय संघर्ष गरेकी छिन् । सन् १९८४ मा जब भारतको पञ्जाब गोल्डेन टेम्पलमा शिखहरुलाई भारतीय सेनाहरुले गोली हानेका थिए, तब १० वर्षकी रुबीले तत्कालिन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीलाई हिंसा रोक्नको लागि पत्र लेखेकी थिइन् । उनलाई गान्धीले व्यक्तिगत पत्रमार्फत जवाफ पठाएकी थिइन् ।

लुसियाना लिन (पेरु)

लुसियाना पेरुको संसदकी कान्छी सदस्य हुन् । सन् २००९ मा स्पेनको एक पत्रिकाले उनलाई संसारकै राम्री राजनीतिज्ञको रुपमा समाचार छापेको थियो । युवा मतदाताहरुको मत जित्न सफल उनलाई पछिल्लो समय उनको परिवार मुख्य भ्रष्टाचारका घटनामा मुछिएको भन्दै शंकाको दृष्टिले हेर्ने गरिएको विभिन्न समाचार एजेन्सीहरुले बताएका छन् ।

एन्ना मरी ग्यालोजन (इस्टोनिया)

इस्टोनियन युरोपियन आन्दोलनको समयमा नेतृत्वदायी भुमिका निर्वाह गरेकी एन्नालाई अत्यन्त महत्वपूर्ण मानिसहरुमध्येकी एकको रुपमा मानिन्छ र उनले सोही अनुसार मत समेत पाएकी थिईन् । उनीविरुद्ध सरकारी पैसा सौन्दर्यको सामग्रीहरुमा दुरुपयोग गरेको आरोप लागेपछि त्यसको विरोध जनाउँदै प्लेब्वाय म्यागेजिनको लागि नग्न तस्वीर खिचाएकी थिईन् ।

ओर्ली लेभी (इज्रायल)

इज्रायली नेसेट (विधानसभा)की सांसद ओर्ली तीन बच्चाकी आमा हुन् । उनी पूर्व मोडल समेत भएकीले उनको सौन्दर्यको चर्चा संसदमा निकै चल्ने गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

युलिया मिमोशेन्को (युक्रेन)

दुई पटकसम्म युक्रेनको प्रधानमन्त्री भइसकेकी युलियालाई आफ्नो कामुकतामार्फत सबैको ध्यान खिच्न सक्ने राजनीतिज्ञका रुपमा लिईन्छ । तर उनले सन् २०१० मा ठूलो समर्थन गुमाउँदा चुनावमा पराजित हुनुपर्यो । उनी भ्लादिमिर पुटिनलाई मनपर्ने राजनीतिज्ञका रुपमा समेत चर्चित छिन् ।

भेरा लिस्क्का (अष्ट्रिया)

अष्ट्रियाकी पूर्व पौडीवाज भेरा अष्ट्रियाकी राजनीतिज्ञ हुन् । उनले आफ्नो राष्ट्रको लागि जर्जियाको एटलान्टामा १९९६ मा भएको समर ओलम्पिकमा प्रतिष्पर्धा गरेकी थिइन् । १९९६ मा भएको युरोपियन च्याम्यिनसिपमा उनले ५० मिटर ब्रेष्टस्ट्रोकमा युरोपियन उपाधी जितेकी थिइन् ।

मारिया कार्फाग्ना (इटाली)

मारियालाई संसारकै सबैभन्दा सुन्दरी राजनीतिज्ञको रुपमा लिने गरिन्छ । इटालीकी राजनीतिज्ञ मारिया पहिले टपलेस मोडलका रुपमा चर्चित थिईन् तर अहिले उनलाई रुढिवादी राजनीतिज्ञको रुपमा अग्रसर भएको समाचार एजेन्सीहरुको दाबी छ । उनले आफूलाई ‘एन्टी फेमिनिष्ट’ भएको पनि दाबी गर्ने गरेकी छिन् । उनले ‘यौन व्यवसाय’को निन्दा समेत गर्ने गरेकी छिन् ।

एलिना काबेभा (रसिया)

१८ वल्र्ड च्याम्पियनशीप मेडल, २ ओलम्पिक मेडल तथा २५ युरोपियन च्याम्पियनशीप मेडल जितिसकेकी एलिना जिम्नाष्टिक खेलाडीको रुपमा निकै चर्चामा छिन् । उनी रसियाकी सफल जिम्नाष्ट हुन् । सन् २००७ मा जिम्नाष्टिकबाट सन्यास लिएसँगै उनी ‘प्रो–क्रेमलिन युनाइटेड रसियन पार्टी’को प्रतिनिधित्व गर्दै रसियन संसदको सदस्य भएकी थिइन् । केही समय अगाडी रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले उनीसँग विहे गर्न आफ्नो श्रीमति समेत त्याग्न तयार रहेको बताएको हल्ला चलेको थियो । तर यसलाई दुवैजनाले अस्वीकार गरिसकेका छन् ।

इभा केली (ग्रिस)

पूर्व टेलिभिजन कार्यक्रम प्रस्तोता इभा सन् २००९ मा ग्रिसको संसद सदस्यमा निर्वाचित भएकी थिइन् । उनी ग्रिक संसदकी निकै आकर्षक महिला हुुन् । तर ग्रिक संसदमा अन्य आकर्षक महिलाहरु पनि कमि भने छैन ।

योएन्ना मुका (पोल्याण्ड)

पोल्याण्डको लुबिनस्थित क्याथोलिक युनिभर्सिटीकी प्राध्यापक समेत भएकी योएन्नाको सुन्दरताको चर्चा समय–समयमा चल्ने गर्छ । उनी पोल्याण्डको तल्लो सदनकी सांसद हुन् । उनले तल्लो सदनमा लुबिन सहरको प्रतिनिधित्व गर्छिन् । उनले इकोनोमिक्समा पीएचडी गरेकी छिन् ।
साथीलाई शेयर गर्नुहोस


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *