Search
Saturday 26 May 2018
  • :
  • :
Latest Update

पानीको ट्याङ्कसँग यात्रुवहाक बस ठोकिँदा ८ जनाको मृत्यु

पानीको ट्याङ्कसँग यात्रुवहाक बस ठोकिँदा ८ जनाको मृत्यु

नयाँ दिल्ली । पश्चिमी भारतीय राज्य महाराष्ट्रमा शनिबार बिहान भएको एक सडक दुर्घटनामा परी कम्तीमा आठ व्यक्तिको मृत्यु भएको छ। प्रहरी स्रोतले शनिबार सो जानकारी दिएको हो । महाराष्ट्र राज्यको ओरंगाबाद जिल्लाको एक गाउँमा पानीको ट्याङ्करसँग एक सावारी साधन ठोक्किँदा सो घटना भएको बताइएको छ। सो दुर्घटनामा परी २ जना घाईते भएका छन्।

शुक्रबार अबेर राति भएको यस घटनामा घाइते भएका दुवै जनाको अवस्था चिन्ताजनक रहेको छ । यद्यपी यी दुई व्यक्तिको राज्यद्वारा सञ्चालित अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार भएको यस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको सरकारी अधिकारीले जानकारी दिएका छन्। भारत विश्वको तुलनामा अत्याधिक दुर्घटना हुने देशको सुचिमा पर्दछ। सडकको अवस्था नाजुक, मर्मत संभारमा कमि र चालकको लापर्वाही नै भारतमा सडक दुर्घटनाको प्रमुख कारण भएको विज्ञहरुको भनाइ रहेको छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *