Search
Monday 20 August 2018
  • :
  • :
Latest Update

मुड फ्रेश बनाउन सेवन गर्नुस् रातो डल्ले खुर्सानी लगाएतका यी खानेकुरा

मुड फ्रेश बनाउन सेवन गर्नुस् रातो डल्ले खुर्सानी लगाएतका यी खानेकुरा

आजकल तनावबाट सबैजना पिडीत भएका छन् । यसको पछाडि धेरै कारणहरु रहेका छन् । कामको व्यस्तता , खानपान यी आदि कारणहरुले तनावको उत्पन्न गर्छ ।मानिसको तनावबाट मुक्त बनाउने र सधै खुशी राख्ने हार्मोनको नाम हो सेरेटोनिन हार्मोन । यो हार्मोनको सक्रियता बढाउनको लागि खाने कुराहरुमा ध्यान दिनु पर्छ । खुसी दिने खाने कुराहरु दिनहुँ प्रयोग गर्यौँ भने जस्तोसुकै परिस्थितिमा पनि खुशी रहन सकिन्छ । पोटाशियम, म्याग्नेशियम, र फलिक एसिडको मात्रा धेरै भएका खानेकुराहरु खाने गरेमा तनावमुक्त हुन सहयोग पुग्छ।

रातो डल्ले खुर्सानीमा भिटामिन सी र भिटामीन ए धेरै हुन्छ । जसले हाम्रो मुड फ्रेश बनाउँछ र हामीलाई खुशी दिन्छ । नरिवल–नरिवलमा हुने ईलेक्ट्रोलाईट्सले शरीर र दिमागलाई हाइड्रेड राख्छ र हामीलाई खुशी बनाउँछ । ओमेगा ३, फ्याट्टी एसिड,जिंक, भिटामिन्स र प्रोटीनले भरपूर अण्डाले हामीलाई मानसिक रुपमा स्वस्थ राख्छ । पालकमा हुने आइरनले थकान र कमजोरी हुन दिँदैन । यसले डिप्रेशन र तनावबाट पनि बचाउँछ । मह–यसमा हुने एंटी इन्फ्लेमेटरीले दिमागलाई स्वस्थ राख्छ । यसका साथै यसले डिप्रेशनबाट पनि टाढै राख्दछ ।

म्याग्नेशियमले भरपूर सिमीले खुशी बढाउने हार्मोनलाई सक्रिय बनाउँछ । सिमी एन्टी अक्सीडेन्ट्स र न्युट्रिएट्सले पनि भरपूर हुन्छ । यसमा हुने पोटाशियम, म्याग्नेशियमका साथै प्रोबायोटिक, भिटामिन बी ६, ट्रायप्टोफेन र आइरनले हाम्रो मुड फ्रेश राख्न मद्दत गर्छ । यसका साथै हामीलाई खुशी राख्न पनि यी तत्वहरुले महत्वपूर्ण भूमिका खेलेका हुन्छन् ।केफिन, कोको र सुगरले भरपूर डार्क चक्लेटले हाम्रो शरीरको ईनर्जी बुस्ट गर्छ । जसले गर्दा हाम्रो मुड फ्रेश रहन्छ । यसले हामीलाई खुशी पनि गराउँछ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *