Search
Saturday 26 May 2018
  • :
  • :
Latest Update

मुलुकमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता सम्पन्न , सुन्दरीको ताज हिरा भैंसीलाई

मुलुकमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता सम्पन्न , सुन्दरीको ताज हिरा भैंसीलाई

सुन्दरी प्रतियोगिता हुनु कुनै नौलो रहेन । तर, भैसी सुन्दरी प्रतियोगिता एको भन्ने सुन्दा अच्चम लाग्न सक्छ ।सुनसरीको इटहरीमा शनिबार मुलुकमै पहिलो पटक भैंसी सुन्दरी प्रतियोगिता भएको छ ।वातावरण तथा पर्यावरण संरक्षण केँन्द्र नेपालको आयोजनामा इटहरी २ स्थित हवाई चौकमा सम्पन्न भैंसी सुन्दरी प्रतियोगिताको ताज इटहरीकोे हिरा नाम दिइएको भैँसीले पहिरिएको छ ।

इटहरी २ की मिठुमायाँ कार्कीले पालेको भैसीले ३ दर्जन भैसीलाई जित्ने विजेता बनेको हो । विजेतालाई ११ हजार नगद दिइएको छ ।यस्तै इटहरीका नरबहादुर कार्कीले पालेको चम्पा नामक भैंसी दोस्रो हुँदै ९ हजार नगद जितेको छ । इटहरीकै बेधनिधि दाहालले पालेको काली भैंसी तेस्रो भएर नगद ३ हजार ५ सय रुपैया जितेको छ ।प्रतियोगितामा जिल्लाका तीन दर्जन वढी भैसीलाई प्रतिस्पर्धामा उत्रिरिएको थियो । किसानलाई उत्साहित गर्न भैसी सुनदरी प्रतियोगिता गराइएको आयोजक संस्थाका अध्यक्ष टंक दाहालले जानकारी दिए ।

भैसी सुन्दरी प्रतियोगितामा भैसीको स्वास्थ्य, सफाइलाई आधार मानेर छनौट गरिएको थियो । प्रतियोगितमा सहभागिता जनाउने भैंसीहरुको ८० हजार बराबरको बिमाको ब्यवस्था पनि गराइएको थियो ।प्रतियोगितामा इटहरी वडा नं १, २, ३, ४ र २० बाट ३८ वटा भैंसीहरु सहभागी भएका आयोजक संस्थाले जनाएको छ । सबै भैंसीलाई अथितिको विल्ला भिराइएको थियो । पहिलो पल्ट नौलो किसिमकोसुन्दरी प्रतियोगिता भएकाले हर्ने आउनेहरुको घुइँचो लागेको थियो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *