Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

साउदीमा मृत्युको सझाय सुनाइएका उमेश यादवलाई बचाउन नेपाली समाज पि टि पि ले गर्यो आर्थिक सहयोग

साउदीमा मृत्युको सझाय सुनाइएका उमेश यादवलाई बचाउन नेपाली समाज पि टि पि ले गर्यो आर्थिक सहयोग

कृष्ण भिर , मलेसिया
एउटा लामो र गौरबमय इतिहास बोकेको नेपाली समाज पि टि पि जोहोर मलेसियाले फेरि एउटा महत्त्वपूर्ण कार्य गरेको छ । स्थापना कालदेखि यहाँसम्म आईपुग्दा थुप्रै सामाजिक काम लगायत देश बिदेमा अलपत्र र विभिन्न कारण बस दु:ख भोगिरहेका नेपालिलाई सहयोग गर्दैआएको कुरा बताउनु हुन्छ कमिटीका सस्थापक सिब पराजुली र ओम कान्त धमला। आज फेरी साउदीको जेलमा मृतुदन्डको सझाय सुनाइएका उमेश यादव बचाउ अभियानमा नेपाली रु ५१११० (एकाउन्न हजार एक सय दस) (Growing foundation nepal) को खाता नम्बर (०४९००१००९१३५८८०००००१) मा जम्मा गर्न सफल भएको छ, जुन सस्था ले उमेश यादव बचाउ अभियानमा आबस्यक पर्ने ब्लड्मनी रु ३०००००० जम्मा गर्ने कार्यमा मुख्य भुमिका निर्बाह गरेको छ।

शिव भन्नुहुन्छ “नेपालमा बसेर पनि हाम्रो यो कामलाई सफल बनाउन सहयोग गर्नुहुने मित्र विजय शर्मा लगायत पि टि पि प्रबासीहरु, जस्को १/१ रिङ्गेट र हौसला ले यो सहयोग उठाउन हिम्मत गर्ने कमिटीका सम्पुर्ण सदस्यहरु लगायत यहाँका नेपालीहरुमा धन्यवाद ज्ञापन गर्दछौं । ” नेपाली समाज पि टी पि यस महान कार्यमा सहयोग गर्नुहुने कमिटीका अध्यक्ष दिपक लामा उपाध्यक्ष बुधेस्वर साह सचिब भिम के सि सह सचिब दिलिप कार्की कोषाधक्ष सरद केसी सहकोषाधक्ष बिष्णु भुर्तेलको अतुलनिय योगदानको उच्च कदर गर्दै सधा सर्बदा सहयोगी हातहरू यसरिनै अगाडि बढून भन्ने कामना सम्पूर्ण पि टी पि प्रबासीहरूमा सस्थाले दु:ख समस्यामा परेका हरेक नेपाली हरुलाइ सहयोग गर्दै आएको छ र सबैको साथ हौसला र माया यसरिनै पायोभने आगामी दिनहरुमा पनि दु:ख समस्यामा परेका नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ सहयोग गर्न सकौ भन्ने अभिप्राय छ भन्नुहुन्छ पि टि पि का स-परिवारहरु ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *