Search
Saturday 22 September 2018
  • :
  • :
Latest Update

धनकुटामा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

धनकुटामा ट्याक्टर दुर्घटनामा एकको मृत्यु

धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. १ वुढिमोरङस्थित तेमाङमा शनिवार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वुढिमोरङबाट मुलघाट तर्फ आउँदै गरेको को १ च २५१७ नम्वरको ट्याक्टर दुर्घटना हुँदा अन्दाजी २२ वर्षका चालक विकेन्द्र लिम्बुको मृत्यु भएको हो ।

ट्याक्टर चालक लिम्बुको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रहरी जवान दिपक खड्काले बताए । ट्याक्टर अनियन्त्रित भई गोलाइ काट्न नसक्दा दुर्घटना भएको हुन सक्ने प्रहरी जवान खड्काले बताए ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *