Search
Sunday 18 November 2018
  • :
  • :

जनकपुरबाट छुटेको बस अयोध्या पुग्यो, अयोध्यामा गरियो भब्य स्वागत

जनकपुरबाट छुटेको बस अयोध्या पुग्यो, अयोध्यामा गरियो भब्य स्वागत

जनकपुरबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हरियो झण्डा देखाएर संयुक्त रुपमा बिदाई गरेको बस अयोध्या पुगेको छ ।

जनकपुरबाट ३४ जना यात्री लिएर आएको बसलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामकथा पार्कमा जनकपुरबाट अयोध्याका लागि गएको बसको स्वागत गरेका हुन् । मुख्यमन्त्री योगीले यात्रीहरुको पनि स्वागत गरेका थिए ।

जनकपुर–अयोध्या मैत्री बस सेवाको पहिलो बसका रुपमा अयोध्या आइपुगेको बसलाई स्वागत गर्न विभिन्न झाँकीहरुको प्रदर्शन गरिएको थियो । मुख्यमन्त्री योगी आदित्यानाथले जनकपुर–अयोध्या बसले दुई देशबीचलाई सांस्कृतिक रुपमा जोडेको बताएका छन् ।

उनले अयोध्या र जनकपुरको सम्बन्ध हजारौँ वर्ष पुरानो भएको बताउँदै सांस्कृति सम्बन्धलाई मजबुत बनाउँदै दुवै देह विकासको बाटोमा अगाडि बढ्ने बताएका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *