Search
Saturday 26 May 2018
  • :
  • :
Latest Update

​पाल्पाको रामपुरमा अनौठो गुफा हेर्नेको भीड लागेपछि बन्द गरियो

​पाल्पाको रामपुरमा अनौठो गुफा हेर्नेको भीड लागेपछि बन्द गरियो

रामपुरमा हालसालै पत्ता लागेको अनौंठो गुफा हेर्नेको भीड लागेपछि गुफा बन्द गरिएको छ । रामपुर नगरपालिकाको रामघाटको भुलादीखोलाको भुद्रङघाट नजिकै फेला परेको अनौठो गुफा अवलोकन गर्नका लागि दिनहुँ सयौँको संख्यामा भीड लागेपछि अध्ययन अनुसन्धान नहुञ्जेलसम्मका लागि गुफा बन्द गरिएको छ ।

पुरातात्विक विभागबाट गुफाको बारेमा अध्ययन अनुसन्धान नगरुन्जेलसम्मका लागि गुफा बन्द गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । गुफाभित्र शिवलिङ्ग, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवानका आकृति रहेका छन् । –रासस


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *