Search
Saturday 26 May 2018
  • :
  • :
Latest Update

​६० वर्षसम्म प्रत्येक हप्ता रक्तदान गरेर जसले २४ लाख बच्चाबच्चीको ज्यान बचाए

​६० वर्षसम्म प्रत्येक हप्ता रक्तदान गरेर जसले २४ लाख बच्चाबच्चीको ज्यान बचाए

धेरैले रिटार्यड हुने बेलामा सुनको घडी प्राप्त गर्छन् तर जेम्स ह्यारिसन त्योभन्दा पनि ठूलो उपहारका हकदार छन् । म्यान विथ द गोल्डेन आर्म’ का नामले परिचित ह्यारिसनले ६० वर्षदेखि लगातार प्रत्येक हप्ता रक्तदान गर्दै आएका छन् । तीनै ८१ वर्षीय ह्यारिसन शुक्रबार रक्तदानबाट ‘रिटायर्डमेन्ट’ लिएका छन् । अष्ट्रेलियन रेडक्रस ब्लड सर्भिसका अनुसार ह्यारिसनल् २४ लाख अष्ट्रेलियन बालबालिकाको ज्यान बचाउन महत्वपूर्ण योगदान गरेका छन् ।

ह्यारिसनको रगत विशेष प्रकारको भएको बताइन्छ । उनको रगत ‘एन्टी–डी’ नामक इन्जेक्सन बनाउन प्रयोग गरिँदै आइएको छ । जुन बालबालिकामा लाग्ने  ‘रिसस’ रोगका विरुद्ध प्रयोग गरिन्छ । यस्तो रोग गर्भवती आमाको रगतले पेटमै भएका बच्चाको रक्तकोषमा आक्रमण गर्दछ । यसबाट बालकको दिमागी अवस्था बिग्रने तथा ज्यानै जनेसम्मको खतरा रहन्छ ।

१४ वर्षको हुँदा उनको छातीको अपरेसन गर्नु पर्ने भयो । उनलाई कसैले रक्तदान गरेरै बचाएको थियो । त्यसैले उनले रक्तदाता बन्ने अठोट लिए । केही वर्षपछि डाक्टरहरुले उनको रगतमा ‘एन्टीबडी’ तत्व भएको थाहा पाए । जसबाट एन्टी–डी इन्जेक्सन बनाउन सकिन्छ । त्यसैले उनले धेरैभन्दा धेरै पटक रक्तदान गरेर धेरैको ज्यान बचाउने प्रण गरे ।

डाक्टरहरुले ह्यारिसनको रगत किन दुर्लभ प्रकारको भएको भन्ने त थाहा पाएनन् तर उनीहरुले उनको अपरेसनका बेलामा उनको रगतमा ‘फ्युजन’ भएको हुनसक्ने अनुमान लगाए । अष्ट्रेलियामा उनको जस्तो रगत भएका व्यक्ति ५० जनाभन्दा कम रहेको बताइन्छ । ‘सबैको रगत एकदमै अमूल्य हुन्छ तर जेम्सको रग असाधारण छ । उनको रगत लाइफे सेभिङ मेडिकेसनका लागि प्रयोग गरिन्छ’, अष्ट्रेलियन रेडक्रसका अधिकारीहरुले बताए । रक्तदान गरेरै २४ लाख बालबालिको ज्यान बचाएका ह्यारिसन अष्ट्रेलियामा ‘नेसनल हिरो’ का रुपमा चिनिन्छन् । उनलाई थुप्रै अवार्डले सम्मानित गरिएको छ र उनी अष्ट्रेलियाको प्रतिष्ठित अवार्ड मेडल अफ् द अर्डरबाट समेत सम्मानित भएका छन् ।

ह्यारिसनले भने कुनै ठूलो कुरा नगरेको बताउँदै आफूले जानको कुरा मात्रै गरेको बताएका छन् । ‘मलाई निकै नै अप्ठ्यारो लाग्छ जब कसैले तिमीले यस्तो गर्यौ, उस्तो गर्यौ भन्छन् । तर मैले आफूले गर्न सकेको मात्रै गरेको हूँ । सायद मेरो प्रतिभा भनेकै रक्तदाता बन्न सक्नु होला’, ह्यारिसनले सीएनएनसँगको कुराकानीमा भनेका छन् । ह्यारिसनले अन्तिम पटक रक्तदान गरेका छन् । अष्ट्रेलियामा ८१ वर्ष पूरा गरेपछि रक्तदान गर्न नपाइने नियम रहेको छ । लगातार ६० वर्षसम्म रक्तदान गरेर लाखौँलाई जीवनदान दिएका ह्यारिसनको योगदानको जति प्रशंसा गरे पनि कम हुन्छ ।

source: ujyaaloonline .com


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *