Search
Thursday 24 May 2018
  • :
  • :
Latest Update

फेरी “गोर्खे सलाम” लिएर आए गायक तुल साम्सुहाङ राई

फेरी “गोर्खे सलाम” लिएर आए गायक तुल साम्सुहाङ राई

दर्पणनेपाल डटकम :
गत बर्ष “सुरुवात” नामक पहिलो एल्बम बिमोचन गर्दै नेपाली गीत संगीतको दुनियामा उदाएका गायक तुल साम्सुहाङ राईको यति बेला नया गीत रिलिज भएको छ | बुद्ध जयन्तीको अवसर पारेर गायक राईले “गोर्खे सलाम” बोलको आफ्नो दोस्रो गीत रिलिज गरेका हुन् | उनको यस दोस्रो गीतमा शब्द, संगीत र अरेन्ज टंक बुढाथोकीको रहेको छ | गीतमा स्वर भने स्वयम गायक राईको रहेको छ |

गत बर्ष उनले आफ्नो पहिलो एल्बम बिमोचन गर्दै एल्बममा समावेश पहिलो गीत रिलिज गरेका थिए जसको राम्रो चर्चा भयो | त्यसपछि अहिले उनले देश प्रेम समावेश रिलिज गरेका हुन् | गीतको शब्दमा देशको प्रेम, ग्रोखालीको शान र नेपालीको इज्जतको कुरा समेटिएको छ | गीतको भिडियो पनि आकर्षक नै तयार भएको छ | भीमफेदी गाईज ग्रुपले गीतको भिडियो तयार गरेका हुन् |
लामो समय देखि अमेरिका बस्दै आएका गायक तुल साम्सुहाङ राई केहि बर्ष देखि निकै जाँगरिलो हिसाबले नेपाली गीत संगीतमा लागिपरेको देख्न सकिन्छ | अब बिस्तारै एक पछि अर्को गीत सार्वजनिक गर्दै लैजाने कुरा उनले बताएका छन् | अमेरिकाको ब्यस्त जीवनको बाबजुत पनि यसरी नेपाली गीत संगीतमा समय खर्चिनुले ठुलो महत्व देखाउछ |

हेर्नुस भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *