Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

धोनीको पछि किन लागिन् ढिंचेक पूजा..

धोनीको पछि किन लागिन् ढिंचेक पूजा..

इन्टरनेट ‘सेन्सेशन गर्ल’ का नामले परिचित ढिंचेक पूजा एकपल्ट फेरि चर्चामा आएकी छिन् । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दुई वर्षपछि फर्र्किएको चेन्नई सुपर किंग्स(सीएसके) का लागि उनले एउटा गीत गाएकी छिन् । जुन गीतको अहिले सामाजिक सञ्जालमा निकै चर्चा भैरहेको छ ।

पूजाले सीएसकेका लागि हिन्दीमा र्‍याप गीत गाएकी छिन् । उनले ‘सीएसके विल विन’ भन्दै सीएसकेका खेलाडीलाई ‘शेर’ भनेकी छिन् । भिडियोमा सिंहसँगै देखिएकी पूजाले यसपटकको आईपीएल ट्रफी सीएसकेले जित्ने दावी गरिरहेकी छिन् । सीएसकेको अफिसियल लोगोमा सिंह चिन्ह रहेको छ ।

हरियाणाकी ढिंचेक पूजाले गाएका गीत ‘स्वेग वाली टोपी’, ‘सेल्फी मैने ले ली हे’ तथा ‘दिलोका शूटर’ निकै नै लोकप्रिय भएका थिए । आईपीएलको यो सिजनमा सीएसकेले खेलेका ११ खेलमा ७ मा जित हात पारेको छ । १४ अंकसहित सीएसके अंकतालिकामा दोस्रो स्थानमा रहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *