Search
Saturday 26 May 2018
  • :
  • :
Latest Update

सेम्टेम्बर भित्र द्विपक्षीय समस्या सम्बोधनः ओली

सेम्टेम्बर भित्र द्विपक्षीय समस्या सम्बोधनः ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीच रहेका सबै समस्यालाई आगामी सेप्टेम्बर १९ भित्र सम्बोधन गर्ने सहमति भारतसँग भएको बताएका छन् । आजको नागरिक दैनिकमा खबर छ ।समस्या समाधानका लागि छिट्टै दुवै देशका परराष्ट्रसचिवले कार्य प्रारम्भ गर्नेसमेत उनले बताए । ‘सबै समस्या समाधान गर्ने सहमति भएको छ, जुन दिन संविधान दिवस पर्छ अर्थात राष्ट्रिय दिवस । दुवै देशका परराष्ट्रसचिवले यसमा काम गर्नेछन्,’ शुक्रबार नेपाल–भारत द्विपक्षीय बैठक सम्पन्न भएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ओलीले भने ।

प्रधानमन्त्ती ओलीले भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय बैठकमा नेपाललाई आवश्यक थप चारवटा हवाई मार्गबारे छलफल भएको जानकारी दिए । उनले यी हवाईमार्ग थपिनेमा आफू आशावादी रहेको समेत बताए । ‘नेपाल र भारत दुै स्वतन्त्र र अन्तरनिर्भर छन् । नेपाल र भारतबीच भएका सबै सन्धिसम्झौता कार्यान्वयनलाई प्रभावकारी रुपमा अघि बढाउने कुरामा हामी सहमत भएका छौं’ ओलीले भने ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *