Search
Monday 25 June 2018
  • :
  • :
Latest Update

शनिबार बिहानै खुल्यो रविन्द्र मिश्रको असली हैसियत !

शनिबार बिहानै खुल्यो रविन्द्र मिश्रको असली हैसियत !

काठमाडौं, २९ वैशाख । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा देखाएको तदारुकता र सम्वादहरूले विग्रिएको नेपाल–भारतसम्बन्धमा ठूलो सुधार भएको दाबी गरेका छन् ।नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.दीक्षितले ओलीले नेपाल–भारतको सम्बन्ध सुधारका लागि कुनै कसर बाँकी नराखेको बताए । ‘दुई मुलुकबीचको सम्बन्ध बिगारेर केही तत्वले फाइदा लिन चाहन्छन्’, उनले भने, ‘केपी ओलीले त्यस्ता तत्वहरूको योजनालाई बिफल बनाइदिनुभएको छ ।’

नागरिक अगुवा डा.दीक्षितले ओली–मोदीको विरोध गर्नेहरू युरोपियन युनियनबाट सञ्चालितहरू रहेको बताए । युरोपियन युनियनले नेपालमा धार्मिक असंहिष्णुता र द्वन्द्व निम्ताएर फाइदा लिन सक्रिय रहेको उनले बताए ।रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी युरोपियन युनियनको पैसा खाएर गतिविधि गरिरहेको डा.दीक्षितले आरोप लगाए । ‘ओली–मोदीको युरोपियन युनियन र क्रिश्चियनहरूले विरोध गरेका हुन्’, उनले भने, ‘डलर र पाउण्ड धेरै खाएका पार्टीहरूले विरोध गरेको हो ।’‘विवेकशील साझा पार्टीका नेताहरूको धेरै व्यक्तिको शरीर यहाँ मन विदेशमा छ’, डा.दीक्षितले भने, ‘हिन्दूत्व र वुद्धत्व तथा ओमकार परिवारलाई ठोक्नलाई युरोपियन युनियन आएका हुन् ।’

‘रविन्द्र मिश्रजीहरू कहाँबाट सञ्चालित छन् ? युरोपियन युनियनले नेपालमा प्रगति होइन धर्म परिवर्तन मात्रै चाहन्छ । तिब्बतलाई ठोक्ने योजना हो । हिन्दूधर्मलाई कमजोर बनाउन लागेको छ’, डा.दीक्षितले भने, ‘डलर खनाएर नेपालमा भाँडभैलो मच्चाउन चाहन्छन् ।’ हिन्दूधर्ममाथि आक्रमण गरेर युरोपियन युनियनले तिब्बतलाई ठोक्न चाहेको उनले बताए ।रविन्द्र मिश्र पहिला ठीकै व्यक्ति रहेपनि पछिल्लो समय उनका गतिविधिहरू संकाशस्पद रहेको नागरिक अगुवा डा.दीक्षितले बताए ।

‘रविन्द्रजीलाई मैले राम्रोसँग चिन्छु । उहाँको मात्रै भएको भए हुने थियो । तर, अर्को पार्टीसँग मिल्न गएपछि उहाँको बारेमा धेरै आशंका छ’, डा.दीक्षितले भने, ‘निर्वाचनमा हेर्दाखेरी रविन्द्र मिश्रजीहरू विदेशीबाट सञ्चालित भए जस्तो लागेको छ ।’भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको विरोध भइरहेका बेला नागरिक अगुवा डा.दीक्षितले दुई देशबीचको सम्बन्ध सुधार गर्ने बेला विरोध आवश्यक नरहेको बताए ।आजको दैनिक नेपालमा यो समाचार छ |


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *