Search
Saturday 26 May 2018
  • :
  • :
Latest Update

​केश मुण्डन गर्ने महिला सेलिब्रेटी

​केश मुण्डन गर्ने महिला सेलिब्रेटी

अभिनेत्री दीपाशिखा खड्काले हालै मात्र केश मुण्डन गरेको तस्बिर सार्वजनिक भएको छ ।आफै लगानी गरेर सिनेमा ‘प्रेमलीला’ बनाइरहेकी अभिनेत्री दीपशिखाले कपाल मुण्डन गर्नुको कारण भने खुलाएकी छैनन् । सिनेमाको छायाकंन चल्दै गर्दा उनले कपाल खौरिएकी हुन् । यस हिसाबले भने हामी उनले सिनेमाकै लागि कपाल खौरिएको बुझ्न सक्छौँ । यो सिनेमामा कथा समेत उनकै छ ।त्यसो त यसरी कपाल मुण्डन गर्ने दीपाशिखा पहिलो महिला सेलिब्रेटी हैनन् । यसअघि पनि केही अभिनेत्री र गायिकाले केश मुण्डन गरेका छन् । अभिनेत्री निशा अधिकारीले रहरै रहरले दुई पटक केश मुण्डन गरेकी छिन् भने उता अभिनेत्री मनिषा कोइरालाले क्यान्सर भएपछि बाध्यताले ।

निशाले दुईपटक मुण्डन गरिन्
अभिनेत्री निशा अधिकारी यतिबेला आमा बन्ने तरखरमा छन् । गर्भवती भएपछि अमेरिका हान्निएकी निशा अमेरिकामै आमा बन्ने तयारीमा छिन् । झण्डै तीनवर्ष अघि पहिलो पटक केश मुण्डन गरेकी निशाले यस पटक फेरि मुडुलो हुन मन लागेर केश मुण्डन गरेकी छिन् ।

केश मुण्डन गरेपछि उनले भनेकी छिन्, ‘कपाल होस् या नहोस् । लामो होस् या छोटो होस् । रंग्याएको होस् या नहोस् मलाई फेरि मुडुलो हुन मन लाग्यो । एक पटक होइन दुई पटक भएँ । मलाई मेरो बाबाआमाले माया गर्नुहुन्छ । मेरो श्रीमान्ले मलाई कपालबिना पनि राम्री देख्नुहुन्छ ।’ निशाले किक्रेटर शरद भेस्वाकरसँग केहीमहिना अघि मात्रै लगन गाँठो कसेकीहुन् । उनी विवाहलगत्तै आमा बन्ने तयारीमा छिन् ।

क्यान्सरका कारण मनिषा भइन् मुडुलो
अर्की अभिनेत्री मनिषा कोइराला पनि पूर्ण रुपमा मुडुलो हुने महिला कलाकारमा पर्छिन् । ६ वर्षअघि मनिषालाई क्यान्सरका कारण मुडुलो बन्नु परेको थियो । उनले शरीरमा किमो चढाएपछि हल्का कपाल झर्दै गएका कारण पछि पूर्ण रुपमा मुडुलो नै बनाएकी थिइन् । क्यान्सर निको भएपछि भने मनिषाको कपाल बिस्तारै पलाउँदै गएको छ ।

कलाकारको लागि मनिषा पोखरेलले खौरिइन् कपाल
यस्तै गायिका मनिषा पोखरेलले कलाकारको उज्वल भविष्यको लागि भन्दै केही वर्षअघि केश मुण्डन गरेकी थिइन् । उनले देशमा शान्ति र सम्पूर्ण कलाकारप्रति समर्पित गरेकी हुँ भन्दै केश मुण्डन गरेको बताएकी थिइन् ।त्यसबखत कलाकारिताको सम्पूर्ण विधाले उनको यो कदमलाई समर्थन गरेको थियो । नेपाली गीत संगीतमा जमेकी मनिषाले केही हिन्दी गीतसमेत गाएकी छिन् ।

source: ujyaaloonline .com


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *