Search
Sunday 18 November 2018
  • :
  • :

पुरातात्विक महत्वको ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित पाँचजना पक्राउ

पुरातात्विक महत्वको ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित  पाँचजना  पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वको ऐतिहासिक बुद्ध धर्मग्रन्थसहित शुक्रबार पाँचजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले बुद्ध धर्मग्रन्थसहित भारतका किप्पा भुटिया, दोलखाका घ्याम्छो लामा, बाँकेका जयराज आचार्य, कैलालीका प्रवीणकुमार शाह र झापाका पुष्कर मैनालीलाई बिहीबार सातदोबाटोबाट पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

पुरातात्विक महत्वका ऐतिहासिक धर्मग्रन्थ उच्च मूल्यदर राखी कानुनविपरीत बिक्री–वितरण भइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले उनीहरुबाट प्राचीन हस्तलिखित ‘ग्याथम्पा’ नामक २२८ पानाको एकथान बौद्ध धर्मग्रन्थ बरामद गरेको छ ।

सुन तथा चाँदीबाट लेखेको भनिएको उक्त धर्मग्रन्थ करिब तीन/चार सय वर्ष पुरानो भनी रु १० करोडमा बिक्री गर्न लागेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । अभियुक्तलाई प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अनुसारको कसुरमा ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । रासस


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *