Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

आइपिएल : चेन्नईमाथि राजस्थानको जित, प्ले अफमा पुग्ने सम्भावना कायमै

आइपिएल : चेन्नईमाथि राजस्थानको जित, प्ले अफमा पुग्ने सम्भावना कायमै

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा चेन्नई सुपरकिंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले ‘प्ले अफ’मा पुग्ने आफ्नो सम्भावनालाई कायम राखेको छ ।

राजस्थानले चेन्नईलाई चार विकेटले पराजित गरेको हो । राजस्थानको जितमा जोस बटलरले अविजित ९५ रनको योगदान गरेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १७६ रन बनाएको थियो ।

१७७ रनको लक्ष्य पाएको राजस्थानले अन्तिम बल बाँकी छँदै ६ विकेट गुमाएर जित हासिल गरेको हो । जितसँगै अंक तालिकामा राजस्थान छैठौं नम्बरमा पुगेको छ । पराजयका बाबजुद १४ अंकका साथ चेन्नई अंक तालिकाको दोस्रो नम्बरमा छ ।
source: imagekhabar .com


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *