Search
Tuesday 25 September 2018
  • :
  • :
Latest Update

मोदि आएकै दिन राजा पनि तराइ गए…यस्तो छ योजना हेर्नुहोस

मोदि आएकै दिन राजा पनि तराइ गए…यस्तो छ योजना हेर्नुहोस

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह बारा जिल्लाको भ्रमणका लागि निस्कने भएका छन् । पूर्वराजा शाह वैशाख ३० गते सिमरा जाने तयारी गरेका हुन् ।बारा जिल्लामा पूर्वराजा शाह तीनसाता बस्ने जनाइएको छ । पूर्वराजा शाह सिमरामा रहेका बालसखा प्रभु शमशेरको घरमा बसी त्यहीँबाट राजनीतिक भेट गर्ने बताइएको छ । उनले विभिन्न राजावादी दलका नेता, कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

पूर्वराजा शाहले गत चैत ५ गते कमल थापा नेतृत्वको राप्रपा नेपाल, पशुपति शमशेर नेतृत्वको राप्रपा र डा.प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेतालाई भेटेर राजनीतिका बारेमा कुरा गरेका थिए ।उनले फागुन २० गते भएको झापा भ्रमणका क्रममा राप्रपाका नेता सुरेश आचार्य, राजाराम श्रेष्ठ र सगुन लावती, राप्रपा नेपालका बुद्धिमान तामाङ, भाष्कर भद्रा र प्रलाद शाह र राप्रपा राष्ट्रवादी पार्टीका केशव श्रेष्ठ, तारा लुइँटेल र डा.सुष्मा आचार्यसँग भेट गरेका थिए ।

पूर्वराजा शाहको मध्य तराईलगायतका जिल्लाको भ्रमणका लागि करिब आधा दर्जन सवारी र आन्तरिक सुरक्षा टोली सिमरा खटाइँदै छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *