Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

एजेन्सी । शुक्रबार बेलुकाबाट शनि वृश्चिक राशीमा मार्गीय भएको छ जसका कारण केही राशीमाथि सकारात्मक त कुनैमा नकारात्मक प्रभाव पर्नेछन् ।यदि कसैको राशीमा शनिको साढे साती चलिरहेको छ भने शनिदेवलाई प्रसन्न गर्नका लागि शास्त्रमा थुप्रै उपाय बताइएका छन् । यी उपाय अपनाउँदा तपाईंको मनोकामना पूरा हुनसक्छ ।

शनिबारको दिन तेलबाट बनेको भोजन भिकारीलाई खुवाउँदा शनिदेव प्रशन्न हुने मान्यता छ । शनिबार कालो कुकुर, कालो गाईलाई रोटी खुवाउँदा समस्या टाढा हुने गर्दछन् ।शनिदेवको कृपा पाउनका लागि हनुमानजीको पूजा गर्दा शनिको असर कम हुने गर्दछ । शनिबारका दिन हनुमान चालिसा पाठ गर्दा शनिको सबै दोष समाप्त हुने गर्दछ ।

शनिबारको दिन कालो वस्तु जस्तै कालो दाल, कालो कपडा, कालो चना गरिबलाई दान दिँदा शनिदेव खुसी हुन्छन् ।आफ्नो जीवनमा पैसा, वैभव र यश प्राप्त गर्नका लागि शनिबार बेलुका पिपलको रुखमुनी बत्ती बाल्नुहोस् ।

शनिबार जन्मने व्यक्तिले अवश्य पढ्नुहोस् ::धेरै निसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ ।यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले शनिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः

१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । २. तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ । ३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । ४. तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ ।

शनिबार घरमा नल्याउनुहोस् यी पाँच(५) कुरा, आउनेछन् गरिबी, संकट//:एजेन्सी । हाम्रो नेपाली समाजमा थुप्रै मूल्य मान्यताहरु रहेका छन् र त्यस्ता कतिपय मान्यताहरु हामी चाहेर पनि नकार्न सक्दैनौ । हाम्रा पूर्वजहरुले मान्दै आएका कतिपय कुराहरु शनिबारसँग पनि जोडिएका छन् ।

शनिदेवमाथि नराम्रो असर नपरोस् भनी हाम्रा पूर्वजहरुले थुप्रै नियम बनाएका छन् ।ज्योतिषका अनुसार शनिको असरबाट बच्नका लागि यस्ता मान्यताहरु छन् जसलाई शनिबारका दिन हामीले गर्नुहुँदैन ।आउनुहोस् यस्तै केही कामबारे जुन हामीले शनिबारको दिन गर्दा शनिदेव रिसाउँछन् भन्ने मान्यता छ ।

तेल : तेललाई शनिको अतिप्रिय मानिन्छ र शनिबार तेल दान गर्नुपर्ने हुन्छ । यस दिन तेल घरमा ल्याउँदा घरमा गरिबी र रोग निम्तिने गर्दछ ।जुत्ता : शनिलाई खुट्टाको कारक ग्रह मानिएको छ । यसकारण शनिबार जुत्ता खरिद नगर्दा राम्रो । यस दिन जुत्ता खरिद गर्दा रोगको सामना गर्नुपर्ने मान्यता रहेको छ ।

अन्न : शनिबार अन्न पिस्न नदिनुहोस् र यसको खरिद पनि नगर्नुहोस् । यसो गर्दा परिवारमा कलह रहिरहन्छ र शनिबार पिनेको पिठोले घरमा गरिबी निम्त्याउने मान्यता छ ।नुन : घरका लागि सर–सामान किन्दै हुनुहुन्छ भने शनिबारको दिन नुन किन्नबाट बच्नुहोस् । शनिबार नुनको खरिद गर्दा घरमा ऋण लाग्ने बताइन्छ ।फलाम : शनिबार फलामले बनेको सामान खरिद गर्नु हुँदैन । फलामलाई शनिको धातु मानिन्छ । यस दिन फलामको दानको महत्व छ । यस दिन फलाम खरिद गर्दा शनिदेव रिसाउने मान्यता रहिआएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *