Search
Sunday 18 November 2018
  • :
  • :

मोदीको भ्रमणमा चतुरओलीले हाने मौकामा चौका, जो कसैले पत्तै पाएनन्।

मोदीको भ्रमणमा चतुरओलीले हाने मौकामा चौका, जो कसैले  पत्तै पाएनन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरपुर फाइदा लिएका छन्। दिल्लीबाट पटना हुँदै जनकपुर आएका मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली संविधान निर्माणपछि पहिलोपटक मधेस झर्न पाए। विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेपनि जानकी मन्दिरमा प्रधानमन्त्री ओलीले मोदीलाई स्वागत गरेका थिए।संविधान निर्माणपछि तराईबासीको निशानामा पर्दै आएका ओली भारतीय प्रधानमन्त्री मोदीको भ्रमण अवसर पारेर तराई झरेका हुन्। अरुबेला तराई जानु अघि नै ओलीको विरोध हुनेभएपनि अहिले मोदीलाई स्वागत गर्न पुग्दा यो कुराको कसैले पत्तै पाएनन्।

ओलीले आफ्नो उखान टुक्कामार्फत संविधान निर्माणताका तराई बासीलाई आँप, माँखे सांग्लो, विहारी जस्ता होच्याउने शब्द प्रयोग गरेर भावनामा चोट पुर्याएका थिए। जसका कारण मधेसी जनताले उनको विरोध गर्दै आएका छन्। सप्तरी घटनापछि त ओलीलाई मधेस प्रवेशमा निधेष नै गरिएको थियो । तर मोदी भ्रमणलाई प्रयोग गर्दै ओली मधेस झरेका छन्। नेपाल पाना नेपाली काङ्ग्रेसको अनलाइन


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *