Search
Saturday 22 September 2018
  • :
  • :
Latest Update

मोदी नआउँदै जनकपुरमा तनाव, हेर्नुस् तस्वीरहरु

मोदी नआउँदै जनकपुरमा तनाव, हेर्नुस् तस्वीरहरु

जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नआउँदै जनकपुरमा तनाव देखिन थालेको छ ।

व्यस्थापकीय पक्ष कमजोर भएका कारण अस्तव्यस्त र तनाव सिर्जना भएको हो । मोदीलाई गरिने अभिन्नदनस्थल रंगभूमि १२ विघा पुग्न सर्वसधारणलाई सास्ती खेप्नु परेको छ। बिहान ६ बजे नै लाइन बसेकाहरु समेत अभिन्नदनस्थल पुग्न सकेका छैनन् ।

सर्वसाधारणको करिब १ किलोमिटरको ठूलो लाइन देखिन्छ। कतिपय युवाहरु मैदानको पर्खालबाट हाम फालेर मैदान पुगेका छन् ।

सर्वसाधारणलाई उत्तरगेटबाट मात्र जान दिने गरेको तर आठ जिल्लाबाट अपेक्षाभन्दा बढी सर्वसधारण बिहानै आइपुगेका कारण प्रवेश गर्न सास्ती भइरहेको सुरक्षाअधिकारीहरुले बताएका छन् ।

सडकमा पानी जमेर पनि समस्या भएको छ। मुख्य मन्त्री लालबाबु राउतले दुई दिन अगाडि पत्रकार सम्मेलन गरी बिहान १० बजेभित्र अभिन्नदनस्थल पुग्न अपिल गरेका थिए। साथै सर्वसाधारणले सहज प्रवेश गर्ने ब्यबस्था मिलाएको दाबी गरेका थिए। तर प्रवेश सहज नहुँदा करिब आधा जनता अभिन्नदनस्थल पुग्न सक्ने अबस्था छैन्। महिलाले झन बढी सास्ती भोगेका छन् । महिलाको लाइन ब्यबस्थित छैन्, जसले गर्दा पुरुषको भीडमा दुर्व्यवहार सहेर पनि अभिन्नदनस्थल जान बाध्य छन्।

सार्वजनिक शौचालयको ब्यबस्था समेत गरेको देखिएको छैन्। अभिन्नदनस्थलको वरिपरी सर्वसाधारणले खुल्ला रुपमा दिशा पिसाब गर्न बाध्य छन्। प्रदेश सरकारले सर्वसधारणलाई २ सय ८५ सवारी साधनले अभिन्नदन स्थल ओसारिरहेका छन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *