Search
Monday 25 June 2018
  • :
  • :
Latest Update

वैदेशिक रोजगारसम्बन्धी मागपत्र ‘२०७५’ कार्यान्वयनमा ल्याउदा गैरआवासीय नेपाली उत्साहित

वैदेशिक रोजगारसम्बन्धी मागपत्र ‘२०७५’ कार्यान्वयनमा ल्याउदा गैरआवासीय नेपाली उत्साहित

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी मागपत्र ‘२०७५’ कार्यान्वयनमा ल्याउदा गैर–आवासीय नेपाली उत्साहित भएका छन ।वैदेशिक रोजगार क्षेत्रको विकृति र बिसंगति रोक्न सरकारले ‘वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँच निर्देशिका २०७५’ कार्यान्वयनमा ल्याएकोमा उत्साहित भएको एक प्रेस बिज्ञप्ती मार्फत बताइएको छ ।गैरआवासीय नेपाली संघको पहलमा वैदेशिक रोजगारको क्षेत्रमा भएका क्रमिक प्रगति र नेपाल सरकारले गरेका निर्णयबाट थप आशावादी रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

निर्देशिकाको अभावमा यस अघि रोजगारदाता कम्पनी र म्यानपावर कम्पनीले माग गरेको कामको विवरण बारे यकिन हुन कठिनाइ भइरहेको र त्यसका नाममा ठगीमा पर्दै आएका सोझा र आर्थिक रुपमा विपन्न नेपालीहरुले भोग्नुपरेको समस्या समेत यसै निर्देशिकाको कार्यन्वयनसँगै न्यूनिकरण हुनेमा आशावादि रहेको गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले जनाएको छ ।नयाँ निर्देशिकाले अदक्ष कामदार को सट्टा बढी तलब सुविधा पाउने दक्ष कामदार जाने प्रवृत्ति वढ्ने अपेक्षा हाम्रो छ । यसले सीप अनुसारको रोजगारी पाउने सम्भावना पनि बढाएको छ । यसर्थ एउटा काम र तलबका लागि भनेर पठाउने तर सम्बन्धित मुलुकमा पुगेपछि भनिएको भन्दा अर्को काम र न्यून तलब पाउने आम समस्या र वैदेशिक रोजगारका क्षेत्रमा हुने विकृतिलाई सुधार्न यो निर्देशिकाको कार्यन्वयनले उल्लेखनीय भूमिका रहने विश्वास हामीले लिएका छौँ ।’

वैदेशिक रोजगारीको शिलशिलामा विदेशस्थित अस्पतालमा भएका र कनुनी सेवाको अभावमा जेल जीवन बिताउन बाध्य भएकाहरुलाई कानूनी सहायता, नियोगबाटै उपलव्ध गरउने प्रावधान र सिण्डिकेटको खारेजी जस्ता कार्यहरुलाई वैदेशिक रोजगारिमा जानेहरुको हित र संरक्षणका लागि भएका प्रगतिको रुपमा लिएका छौँ ।वैदेशिक रोजगारीमा जानेहरुका लागि त्रिभुवन विमानस्थलको प्रस्थान कक्षमा सहजकर्ताहरुको व्यवस्था हुने भएको स्वागत सरकार वैदेशिक रोजगार र आप्रवासी कामदारहरुको कल्याणको लागि गम्भिर भएको बताइएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *