Search
Sunday 18 November 2018
  • :
  • :

इभर्टनबाट डीसी युनाइटेड जान रुनीले जानकारी गराएका छैनन

इभर्टनबाट डीसी युनाइटेड जान  रुनीले  जानकारी गराएका छैनन

इंग्लिस क्लब इभर्टनबाट अमेरिकन मेजर लिग सकर क्लब डीसी युनाइटेड जान लागेका वायन रुनीले आफू बाहिरिने जानकारी नदिएको इभर्टनका प्रशिक्षक साम अलार्डिसले बताएका छन् ।

इंग्ल्याण्डका ३२ वर्षीय पूर्व कप्तान रुनीले डीसी युनाइटेडसँग कुनै सम्झौतामा हस्ताक्षर नगरे पनि उनी जाने लगभग पक्का भइसकेको छ । मेजर लिग सकरमा जुलाईमा खुल्ने ट्रान्सफर विन्डोमा उनी जाने बुझिएको छ ।

‘यदि खेलाडी जान चाहन्छन् भने हामी कसैलाई रोक्दैनौँ । उनीहरु त्यसमा राम्ररी बुझेर लाग्छन् भने हामीले रोक्ने कुरा हुँदैन’ अलार्डिसले भने, ‘उनले क्लब छाड्नलाई केही सोचिरहेका छन् भन्ने बुझेको छु । उनी अभ्यासमा आएपछि रहन चाहन्छन् या छाड्न त्यसबारे राम्ररी बुझ्ने छु ।’

आफ्नो बाल्यवस्थाको क्बल इभर्टनमा रुनी जुलाई २०१७ मा पुन आबद्ध भएका हुन् । जनवरीअघि उनले इभर्टनबाट ११ गोल गरेका थिए । त्यसपछि भने उनी लगातार पहिलो रोजाइँमा परेनन् ।

पहिलो पटक उनले १८ वर्षको उमेरमा सन् २००४ मा म्यानचेस्टर युनाइटेड जान इभर्टन छाडेका थिए । युनाइटेडबाट १३ सिजनमा कीर्तिमानी गोलकर्ता बनेका उनले पाँच पि्रमियर लिग र एक च्याम्पियन्स लिग जिते ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *