Search
Saturday 22 September 2018
  • :
  • :
Latest Update

कांग्रेस प्रवक्ता शर्माको प्रश्न: प्रमज्यू,यो उत्तर कोरिया होइन कि किन विवेकशीलको ब्यानर हटाएको ?

कांग्रेस प्रवक्ता शर्माको प्रश्न: प्रमज्यू,यो उत्तर कोरिया होइन कि किन विवेकशीलको ब्यानर हटाएको ?

प्रहरीले विवेकशील साझा पार्टीले आफ्नो केन्द्रीय कार्यालयमा राखेको ब्यानर हटाएपछि सर्वत्र विरोध भएको छ ।विवेकशीलले ‘मोदीजी स्वागत छ तर नाकाबन्दी बिर्सेका छैनौँ’ लेखेर राखेको ब्यानर प्रहरीले हटाइदिएको थियो । दुईपल्टसम्म प्रहरीले ब्यानर हटाइदिएपछि विवेकशीलले बेलुनमा ब्यानर राखेर उडाएको छ ।

ब्यानर हटाएको विरोधमा विवेकशीलका संयोलजक रवीन्द्र मिश्रदेखि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई देखिएका छन् । त्यस्तै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि ट्वीट गर्दै विरोध सहन नसक्ने यो कस्तो सरकार भनेका छन् ।

उनले कम्युनिस्टहरु प्रतिपक्षमा रहँदा जहिले टायरको धुँवा र रेलिङ ध्वस्त हुने गरे पनि अहिले उ सत्तामा हुँदा विनम्र विमति पनि सुन्न नचाहेको बताएका छन् । उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उत्तर कोरिया नभएर यो देश नेपाल भएको बताएका छन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *