Search
Thursday 24 May 2018
  • :
  • :
Latest Update

मोदीको नेपाल भ्रमणले नेपालको संविधानबारे भारतीय दृष्टिकोणमा परिवर्तन भएको पूर्व उपप्रधानमन्त्री गच्छदारको भनाई

मोदीको नेपाल भ्रमणले नेपालको संविधानबारे भारतीय दृष्टिकोणमा परिवर्तन भएको पूर्व उपप्रधानमन्त्री  गच्छदारको भनाई

नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले नेपालको संविधानबारे भारतीय दृष्टिकोणमा परिवर्तन भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै गच्छदारले भारतले नेपाललाई हेप्ने, राष्ट्रिय स्वाभिमानमा आँच आउने खालका कुनै पनि काम गर्नु नहुने र नेपालले पनि भारतलाई सम्मान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भारतले नेपाललाई हेर्ने दृष्टिकोणमामा परिवर्तन गरेको र नेपाल सरकारका प्रधानमन्त्री ओलीले पनि भारतलाई हेर्ने विगतको दृष्टिकोणमा परिवर्तन गरेको रुपमा बुझ्नुपर्ने बताउनु भयो । गच्छदारले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणले नेपाल र भारतबीचको सम्बन्धमा नयाँ उचाईमा उठाउने पनि बताउनु भयो । नेपाल सरकारको तर्फबाट गरिएको उच्च सम्मान स्वागतयोग्य भएको र मोदीलाई नेपाली जनता र सरकारका तर्फबाट उच्च स्तरको सम्मान व्यक्त गरिएको पनि बताउनु भयो ।

अर्को प्रसंगमा नेता गच्छदारले नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीचको पार्टी एकीकरणका बेला भएको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पार्टीको विधानमा १ जना उपसचापति रहने भन्ने उल्लेख भएपनि पार्टी एकता गर्दा विधानमा टेकेर नगरिएको कारण सहमति १ महिनाभित्र लागू हुने आफूलाई विश्वास भएको बताउनु भयो ।

नेता गच्छदारले विधानमा १ जना भने पनि सहमतिका आधारमा २ या ३ जनासम्म पनि उपसभापति हुनसक्ने बताउनु भयो । गत वैशाख १४ गते बसेको कांग्रेसको केन्द्रीय समितिले सहमति कार्यान्वयनका लागि १ महिनाको समय दिएको कारण सहमति कार्यान्वयन हुनेमा विश्वस्त हुन उहाँले आग्रह गर्नुभयो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *