Search
Sunday 18 November 2018
  • :
  • :

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । सैनिक मञ्च टुंडिखेलमा शुक्रबार आयोजित विशेष समारोहमा मोदीलाई गार्ड अफ अनर दिइएको हो । सो क्रममा मोदीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

सैनिक मञ्च टुंडिखेलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो भने नेपाल र भारतका राष्ट्रिय धून बजाइएका थिए । टुँडिखेलमा गार्ड अफ अनर दिइने मोदी दोस्रो विदेशी पाहुना हुनुहन्छ । यसअघि पाकिस्तानी प्रधानमन्त्री साहीद खकान अब्बासीलाई टुँडिखेलमा गार्ड अफ अनर प्रदान गरिएको थियो ।

सरकारले २००७ सालदेखि विदेशी अतिविशिष्ट पाहुनालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा औपचारिक स्वागत र सम्मान गारत दिँदै आएको थियो । समारोहमा प्रधानमन्त्री शर्मा ओली, मन्त्रीगण तथा उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *