Search
Wednesday 19 September 2018
  • :
  • :
Latest Update

किसोरकिसोरी भन्छन, कण्डम लगाएर मज्जा नै आउदैन,के हो त वास्तविक्ता पुरा पढ्नुहोस

किसोरकिसोरी भन्छन, कण्डम लगाएर मज्जा नै आउदैन,के हो त वास्तविक्ता पुरा पढ्नुहोस

पन्ध्रदेखि बीस वर्षसम्मका विवाहित किशोरीमध्ये १८ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन । ४१.५ प्रतिशतले साधन प्रयोग गर्न चाहेर पनि प्राप्त गर्न सकेका छैनन । बीसदेखि २४ वर्षका विवाहित युवतीमध्ये २९.५ प्रतिशतले मात्र परिवार नियोजनका साधनहरू प्रयोग गरेका छन् । यस उमेर समूहका विवाहित महिलामध्ये करिब ३७ प्रतिशतले परिवार नियोजनका साधन चाहेर पनि प्राप्त गर्न सकेका छैनन । नेपाल परिवार नियोजन संघको तथ्यांक अनुसार अझैपनि किशोरी अवस्थामा गर्भवती हुने दर उच्च बिन्दुमा रहेको छ, जुन प्रतिहजार ८१ छ । हालसालै राजधानीका कलेज तथा स्कुलमा अध्ययनरत् किशोरहरुलाई केन्द्रीत गरी गरिएको अध्ययनले ४० प्रतिशत युवा तथा किशोरहरु विवाहपूर्वको यौन सम्पर्कमा संलग्न रहेको पुष्टि गरेको छ । उनीहरु मध्ये ६० प्रतिसतले कण्डम नै नलगाई यौन सम्पर्क राख्ने गरेको बताएका छन । कण्डम लगाएर यौन सम्पर्क राख्दा मज्जा नआउने भएकाले कण्डम विनै यौन सम्पर्क राख्ने गरेको खुलासा उनीहरुले गरेका छन ।

नेपालमा युवाहरूको प्रजनन स्वास्थ्य सुधार गर्न प्रर्याप्त कार्यक्रम तर्जुमा भएका छैनन्, जसले गर्दा उमेर नपुगी विवाह हुने, कम उमेरमै गर्भवती हुने र बच्चाको जन्मान्तर न्यून हुनाले महिलाको प्रजनन स्वास्थ्यमा प्रतिकूल असर परेको छ । यस समूहलाई उपयुक्त यौन तथा प्रजनन स्वास्थ्य सेवा र सूचना विस्तार गर्न सकेको खण्डमा कम उमेरमै विवाह हुने, छिट्टै सन्तान जन्मने, जन्मान्तरको समय न्यून हुने, दीर्घकालीन यौन तथा प्रजनन स्थास्थ्यका समस्या हुने र सूर्ति तथा लागुपदार्थको प्रयोग बढ्ने, असुरक्षित यौनसम्पर्क, अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन, एचआईभी लगायत अन्य यौनजन्य सङ्क्रमण र यौन अपराधजस्ता समस्या न्यून हुन सक्छन । ।

किशोरकिशोरी तथा महिलाको स्वास्थ्य स्थिति मापन गर्ने सूचकहरु हेर्दा स्वास्थ्य क्षेत्रको सूचना र सेवाको पहुँच सबै युवा, किशोरकिशोरी, महिला, गरिब, दलित र पिछडिएका जनजातिमा पु¥याउनु आवश्यक देखिन्छ । यसै सन्दर्भमा नेपाल सरकार, युवा तथा खेलकूद मन्त्रालयद्वारा देशका ७५ वटै जिल्लामा स्थापना गर्न लागिएको युवा सूचना केन्द्रहरुबाट यौन तथा प्रजनन स्वास्थ्यका दृष्टिकोणले बढी जोखिममा रहेका युवा वर्ग, बैदेशिक रोजगारका लागि पलायन हुने तथा बेचविखनका जोखिममा रहेका युवा, किशोरकिशाोरीको प्रतिनिधित्व गराई देशका ७५ वटै जिल्लाबाट बृहत्रूपमा यौेन तथा प्रजनन् स्वास्थ्यका कार्यक्रम सन्चालन हुनु पर्छ । Healthtodaynepal.com


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *