Search
Thursday 19 July 2018
  • :
  • :
Latest Update

भोजपुर नगरपालिकालाई बाल सञ्जालको २३ वुँदे माग पत्र

भोजपुर नगरपालिकालाई  बाल सञ्जालको २३  वुँदे माग पत्र

नगर स्तरयि बाल सञ्जालले भोजपुर नगरपालिकालाई २३ बुँदे माग पत्र बुझाएको छ । सञ्जालले शुक्रवार तेस्रो नगर स्तरिय बाल भेला मार्फत नगरपालिकालाई विभिन्न माग सहितको २३ बुँदे माग पत्र बुझाएको हो ।

माग पत्रमा नगरपालिकाको एकिकृत बालबालिका प्रोफायल तयार गर्नु पर्ने, नगर तथा वडा तहले बाल लिक्षित कार्यक्रमलाई विषेश प्राथामिकताका साथ लागु गर्नु पर्ने, प्रत्येक विद्यालयमा छात्र÷छात्रमैत्री (सेनेटरी प्याड सहितको शौचालयको व्यवस्था हुनु पर्ने, नगरपालिकालाई आगामी चार वर्ष भित्र बालमैत्री स्थानीय शासन कार्यान्वयन युक्त नगर घोषणका निम्ति आवश्यक कानुन तथा निती निमार्ण गर्नु पर्ने लगाएत गरि २३ बुँदे माग पत्र बुझाएको हो ।

कार्यक्रमका सहभागीले स्थानीय सरकारले बालबालिकाको क्षेत्रमा पर्याप्त बजेट विनियोजन नगर्नुका साथै बाल अधिकारको संरक्षणमा चासो नदेखाएकोले आगामि दिनमा बजेट विनियोजन गर्दा त्यस तर्फ पनि सोच्नु पर्ने बताएका थिए ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *