Search
Monday 25 June 2018
  • :
  • :
Latest Update

मोदीले भने नेपालीको स्वाभिमान सगरमाथा भन्दा अग्लो छ

मोदीले भने नेपालीको स्वाभिमान सगरमाथा भन्दा अग्लो छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीको स्वाभिमान सगरमाथा भन्दा अग्लो रहेको बताएका छन् । जनकपुरमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै उनले मिथिला संस्कृति अरुभन्दा धेरै माथि रहेकोसमेत बताए ।

‘जनकपुर आउँदा मलाई अन्त गएजस्तो महसुस भएकै छैन,’ उनले भने, ‘सबै आफ्ना जस्तो लागिरहेको छ ।’ नेपाल–भारत सम्बन्ध कुटनीति, राजनीतिभन्दा पनि माथि ‘प्रेम नीति’मा आधारित रहेको उनले बताए ।

नेपाल–भारत सम्बन्धको चर्चा गर्दै उनले भने, ‘जो मित्रको दुःखमा दुःखी हुँदैन, त्यस्ताको अनुहार हेर्दामात्र पनि पाप लाग्छ ।’ भारत जहिले पनि नेपालको विकास र उन्नति हेर्न चाहिरहेको उनको भनाइ थियो ।

विकासको पहिलो शर्त लोकतन्त्र हुने उनले बताए । नेपालमा लोकतान्त्रिक प्रणाली बलियो रहेको भन्दै उनले नेपालकै इतिहासमा पहिलो पटक सातै प्रदेशमा प्रादेशिक सरकार बनेको चर्चा गरे ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *