Search
Tuesday 23 October 2018
  • :
  • :
Latest Update

नेपाल बिना भारत अधुरो, भारतका काम पनि अधुरो: मोदी

नेपाल बिना भारत अधुरो, भारतका काम पनि अधुरो: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल बिना भारत अधुरो रहने बताएका छन् । २ दिने नेपाल भ्रमणमा आएका मोदीले जनकपुरमा नेपाल बिना भारत अधुरो, भारतका काम पनि अधुरो हुने बताएका हुन् ।

उनले भारत र नेपालको संस्कृति, भाषा र सभ्यतामा मात्रै समान नभएको बताउँदै नेपाल र भारतको सपना, उद्धेश्य तथा सुखदुःख पनि समान भएको बताए । उनले नेपालको सहयोगबिना भारत अपूरो हुने बताउँदै भने, ‘नेपाल के बिना भारतके राम भि अधुरा, नेपालके बिना भारतके काम भि अधुरा ।’

शुक्रबार दुईदिने नेपालको भारतीय राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको बाह्रबिघामा विभिन्न सम्मान सहित अभिनन्दन गरिएको छ ।

बाह्रबिघा मैदानमा सम्बोधन गर्दै आफू पहिले नै जनकपुर आउन चाहेको बताउँदै मोदीले भने, ‘अगस्ट २०१४ मा पहिलो पटक आफू प्रधानमन्त्रीको तवरमा नेपाल भ्रमणमा आफू आउँदा नेपालको संविधानसभामै आफू जनकपुरमा आउने प्रतिवद्धता जनाएको थिएँ ।’ तर विविध कारणले आफू जनकपुर आउन नसकेकोमा क्षमा माग्दै आफ्नो पुरानो मनोकामना आज पूरा भएको मोदीले बताए ।

‘मेरो यसपटकको नेपालको भ्रमण प्रधानमन्त्रीको रुपमा होइन, प्रधान तीर्थयात्रीको रुपमा रहेको छ ।’ आफूले नेपाललाई पराइजस्तो महसुस नगरेको बताउँदै भने, ‘सबै आफ्नै जस्तो मात्रै होइन सबै आफ्नै त हौँ ।’


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *