Search
Saturday 22 September 2018
  • :
  • :
Latest Update

टुरानमाथि लाग्यो १६ खेलको प्रतिबन्ध

टुरानमाथि लाग्यो १६ खेलको प्रतिबन्ध

बार्सिलोनाबाट लोनमा टर्किस क्लब बाखामशिगिस गएका आर्ड टुरानमाथि १६ खेलको प्रतिबन्ध लागेको छ ।सुपर लिगमा गत साता सिभास्पोरसँग १–१ को बराबरी खेल्दा उनले सहायक रेफ्रीलाई धकेलेका थिए ।

बल अघि बढाउने क्रममा आफूलाई विपक्षी खेलाडीले लडाएपनि फल नदिएको भन्दै उनले रेफ्रीलाई धेकेलेका थिए ।३१ वर्षीय टुरानलाई ३९ हजार टर्किर लिरा जरिवाना पनि तोकिएको बीबीसीले जनाएको छ ।सहायक रेफ्रीलाई आक्रमण गरेकोमा १० खेल, उनलाई अपमान गरेकोमा ३ खेल र धम्की दिएकोमा अर्को तीन खेल प्रतिबन्ध लगाइएको हो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *