Search
Saturday 22 September 2018
  • :
  • :
Latest Update

ट्रम्प र किम बीचको ऐतिहासिक भेटको टुंगो लाग्यो, ट्रम्पले गरे यस्तो ट्विट

ट्रम्प र किम बीचको ऐतिहासिक भेटको टुंगो लाग्यो, ट्रम्पले गरे यस्तो ट्विट

संसारले चासोका साथ हेरिरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङबीचको ऐतिहासिक भेटको टुंगो लागेको छ।दुबै नेताबीच आगामी जुनको १२ तारिखमा सिंगापुरमा भेट हुने ट्रम्पले ट्विटमार्फत पुष्टि गरेका छन्।

ट्रम्पले किमसँगको भेट विश्व शान्तिकालागि महत्वपूर्ण दिन मानिने समेत बताएका छन्। ह्वाइट हाउसले ट्रम्प र किमको भेटकालागि उच्चस्तरीय टोली समेत गठन गरिसकेको छ।

अमेरिकी उच्च टोलीले उत्तर कोरियासँग हुने परमाणु सम्बन्धी वार्ताकालागि बिशेष तयारी गरिरहेको छ।हालै ट्रम्पले गरेको आग्रह स्विकार्दै उत्तर कोरियाली नेताले हिरासतमा रहेका तीन अमेरिकी नागरिकलाई समेत रिहा गरिसकेका छन्।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *