Search
Monday 16 July 2018
  • :
  • :
Latest Update

सोलुखुम्बुमा विद्युत र टेलिफोन सेवा अवरुद्ध, सूचना तथा सञ्चार सेवाबाट यहाँका मानिस बञ्चित

सोलुखुम्बुमा विद्युत र टेलिफोन सेवा अवरुद्ध, सूचना तथा  सञ्चार सेवाबाट यहाँका मानिस बञ्चित

सदरमुकाम सल्लेरी र आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएपछि स्थानीय समस्यामा परेका छन् । गएको वैशाख २३ गतेदेखि विद्युत सेवा प्रदान गर्दै आइरहेको सल्लेरी–च्याल्सा विद्युत कम्पनीले विद्युत मर्मत सुरु गरेपछि यहाँ विद्युत अवरुद्ध छ ।विद्युत सेवा अवरुद्ध हुँदा सूचना तथा सञ्चार सेवाबाट यहाँका मानिस बञ्चित भएका छन् ।

टेलिफोन सेवा पनि अवरुद्ध

मंगलबार बिहानदेखि नेपाल टेलिकमको सम्पूर्ण सेवासमेत ठप्प छ । सदरमुकाम सल्लेरीमा विद्युत अवरुद्ध भएसँगै टेलिकमको सेवा पूर्णरुपमा बन्द हुँदा झनै सदरमुकाम र आसपासका बासिन्दाको जनजीवन कष्टकर बनेको स्थानीय बताउँछन् । यता नेपाल टेलिकमको रिपिटर टावर पत्ताले र सल्लेरीको लिङ्कमा समस्या आउँदा सेवा बन्द भएको टेलिकमले जानकारी दिएको छ ।

विद्युत अवरुद्ध हुँदा जेनेरेटरको सहायताले सेवा प्रदान गर्न सकिने भए पनि लिङ्कमै समस्या आएकाले दुई दिनदेखि पूर्णरुपमा बन्द भएको नेपाल टेलिकम शाखा सल्लेरीका निमित्त प्रमुख चित्र मोक्तानले जानकारी दिनुभयो ।

सोलुखुम्बुका सेवाग्राहीले नेपाल टेलिकमको सेवा गुणस्तरका बारेमा पहिलेदेखि नै प्रश्न उठाइएको भए पनि सम्बन्धित निकायबाट खासै पहल भएको छैन । टेलिकमको रिपिटर टावरमा विद्युत नुहँदा बैकल्पिक माध्यमबाट सेवा सञ्चालन गर्दा समस्या भएको टेलिकमले जानकारी दियो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *