Search
Sunday 18 November 2018
  • :
  • :

मोदीद्वारा जानकी मन्दिरमा विशेष पूजाआजा

मोदीद्वारा जानकी मन्दिरमा विशेष पूजाआजा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरमा पूजाआजा गर्नुभएको छ ।भारतको पटनाबाट जनकपुर विमानस्थलमा उत्रिएलगत्तै जानकी मन्दिर पुग्नुभएका मोदीले आरतीसहित पूजाआजा गर्नुभएको हो । मोदीले सोडषोपचार विधीबार पूजाआजा गर्नुभएको थियो । पूजाका समयमा भजनकीर्तिन गरिएको थियो । मोदीले कीर्तनस्थलमा पुगेर केहीबेर बाजा पनि बजाउनुभएको थियो ।

मोदीलाई जानकी मन्दिर परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । मन्दिर परिसरमा दुवै प्रधानमन्त्रीले हात मिलाएर फोटो खिचाउनुभएको थियो । त्यसलगत्तै मोदीले मन्दिर परिसरमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो । मन्दिर परिसरमा दुवै प्रधानमन्त्रीलाई जानकी मन्दिरका महन्थ रामपेश्वर गिरीले पगडी लगाइदिनुका साथै मायाको चिनो स्वरुप जानकी मन्दिरको तस्बिर प्रदान गर्नुभएको थियो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *