Search
Sunday 18 November 2018
  • :
  • :

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ताको मिति तय

अमेरिकी राष्ट्रपति  ट्रम्प र उत्तर कोरियाली नेता किमबीच भेटवार्ताको मिति तय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भेटवार्ताको मिति तय भएको छ ।उनीहरुबीच आगामी जुन १२ मा सिंगापुरमा भेटवार्ता हुने निश्चित भएको हो । भेटको स्थान र समय ट्वीटमार्फत् सार्वजनिक गर्दै राष्ट्रपति ट्रम्पले किम र आफूले यो भेटलाई विश्व शान्तिका लागि विशेष क्षण बनाउन प्रयास गर्ने पनि उल्लेख गरेका छन् ।

यो भेटसँगै उत्तर कोरियाली नेतासँग भेटवार्ता गर्ने ट्रम्प पहिलो अमेरिकी राष्ट्रपति हुनेछन् ।बुधबारमात्रै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ उत्तर कोरियाली राजधानी प्योङयाङ पुगेका थिए । त्यसक्रममा उत्तर कोरियाले तीन अमेरिकी बन्दीलाई रिहा गरेको थियो ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ‘ह्वाइट हाउस’ का अनुसार ट्रम्प र किमबीच हुन गइरहेको शिखर वार्ताअघि सद्भावना संकेतका रुपमा तीन अमेरिकी नागरिकलाई उत्तर कोरियाले रिहा गरेको हो ।गत महिना उत्तर कोरियाली नेता किम पहिलो पटक दक्षिण कोरियाली भूमिमा पुगेर दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग शिखर वार्ता गर्दै आणविक कार्यक्रम रोक्न सहमति गरेका थिए ।

दक्षिण कोरियासँग शिखर वार्ता भएको हप्ता दिन नबित्दै चिनियाँ विदेश मन्त्री वाङ यी पनि प्योङयाङ पुगेका थिए । किम गत सोमबार दोस्रो पटक चीन पुगेर उत्तरपूर्वी डालियान शहरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका थिए । (एजेन्सी)


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *