Search
Saturday 26 May 2018
  • :
  • :
Latest Update

आईपिएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भिड्ने

आईपिएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भिड्ने

दिल्ली डेयरडेभिल्सलाई हराउँदै सनराईजर्स हैदरावाद इण्डियन प्रिमियर लिग (आईपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको ‘प्ले अफ’मा पुग्ने पहिलो टोली बनेको छ ।दिल्लीको फिरोज शाह कोट्ला मैदानमा गएराति भएको खेलमा पराजित भएसँगै दिल्ली भने समूह चरणबाटै बाहिरिने पहिलो टोली बनेको छ ।

खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८७ रन बनायो । दिल्लीका युवा स्टार रिसभ पन्तले अविजित १२८ रन जोडे ।जवाफमा १८८ रनको लक्ष्य हैदरावादले १८ ओभर ५ बलमा १ विकेट गुमाएर पुरा ग¥यो ।हैदरावदाका शिखर धवनले अविजित ९२ रन तथा केन विलियम्सनले अविजित ८३ रनको योगदान दिए ।

जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको हैदरावादले ११ खेलबाट १८ अंक जोडेको छ । समान खेलबाट ६ अंक जोडेको दिल्ली भने तालिकाको पुछारमा समेटिएको छ ।आईपिएल क्रिकेटमा आज राति राजस्थान रोयल्स र चेन्नाई सुपर किङ्स भिड्नेछन् ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *