Search
Sunday 18 November 2018
  • :
  • :

मोदीको सुरक्षाकालागि भन्दै नेपाल छिरे अत्याधुनिक हतियार

मोदीको सुरक्षाकालागि भन्दै नेपाल छिरे अत्याधुनिक हतियार

काठमाडौँ / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका लागि तयारी तिब्र पारिएको छ । यही वैशाख २८ गते हुने राजकीय भ्रमणका क्रममा मोदीले जनकपुरको जानकी मन्दीर र मुक्तिनाथको दर्शन गर्ने छन् । नेपाल सरकारले मोदीको राजकीय भ्रमणका क्रममा अभिनन्दन गर्ने छ । अभिनन्दनस्थल निर्माण कार्यलाई तिव्रता दिइएको छ ।मोदीको सुरक्षा व्यवस्था पाँच घेरामा करिब ७ हजार सुरक्षाकर्मीले सुरक्षा प्रदान गर्नेछन् । पहिलो घेरामा भारतीय सुरक्षाकर्मी (स्पेशल प्रोटेक्सन ग्रुप÷एसपीजी) रहनेछ ।

दोस्रो घेरामा नेपाली सुरक्षाकर्मी तैनाथ रहने छन् । विश्वमै सर्वाधिक सुरक्षा थ्रेटमा रहेको बताइने भारतीय प्रधानमन्त्री मोदीको लागि मंगलबारनै हतियार र बुलेट प्रुफ कार नेपाल ल्याईएको छ ।मोदीले नेपालमा रहँदा बुलेट प्रुफ कार प्रयोग गर्ने छन्। यसै गरि उनको सुरक्षामा तैनाथ भारतीय सुरक्षाकर्मीले प्रयोग गर्ने गल्क १७ पेस्तोल, एफएन एफ २००० असाल्ट राईफल नेपाल ल्याईएको हो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *